arrow

एन्फा महिला लिग : रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश

स्याङ्जाबाट रौतहट फाइनलमा, मोरङ् बाहिरीयो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ २४ बुधबार
mahilas-footballl.png

स्याङजा । स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा भएको जारी राष्ट्रिय स्तरको एन्फा महिला लिग च्याम्पियनसिप खेलमा रौतहट र ताप्लेजुङ फुटवल प्रतियोगिता फाईनलमा  प्रवेश गरेका छन् ।

स्याङजाको वालिङमा भएको पहिलो सेमिफाईनल खेलमा रौतहटले मोरङ ४—० ले पराजित गरेको हो । रौतहटका लागि पहिलो गोल खेल शुरु भएको १४ मिनेटमा अञ्जली योञ्जनले गरेकी थिईन । त्यस्तै रौतहटका लागि ५८ औ मिनेटमा रश्मी घिसिङ ,८८ मिनेटमा अनिता केसी तथा खेलको ईन्जुरी समयमा निशा थोकरले गोल गरेकी एन्फा स्याङजाका प्रवक्ता भिम प्रसाद पंगेनीले जानकारी दिए । यो सगै मोरङ् फाइनल खेलबाट बाहिरीएको छ ।

उता पाल्पामा भएको दोस्रो सेमिफाईनलमा ताप्लेजुङले काठमाण्डौलाई ४—० ले नै पराजित गरेको छ । ताप्लेजुङका लागि अनुष्का शेर्पाले खेल शुरु भएको ११ औ मिनेटमा पहिलो गोल गरेकी थिईन भने ५९ मिनेटमा रेखा लिम्वु र ७४ औ मिनेटमा अनिता वस्नेतले गोल गरेकी थिईन, ताप्लेजुङका लागि अन्तिम गोल ८२ औ मिनेटमा अनुष्का शेर्पाले नै अर्को गोल गरेकी हुन ।

फाईनल खेल शुक्रवार पाल्पाको तानसेनमा हुनेछ ।  २८ जिल्लाको सहभागिता रहेको राष्ट्रिय महिला लिग फुटवल प्रतियोगिता स्याङ्जा र पाल्पा गरी दुई ठाँउमा गत मंगलवारबाट शुरु भएको हो । स्याङजाको वालिङमा भईरहेको महिला राष्ट्रिय फुटवल प्रतियोगितामा १४ जिल्लाका महिला फुटवल खेलाडीहरुको सहभागिता रहेको थियो भने पाल्पामा भईरहेको प्रतियोगितामा १४ जिल्लाको सहभागिता रहेको थियो ।

विजेता र उपविजेताले पुरस्कार क्रमसः ३ लाख र १ लाख ५० हजार तोकिएको छ भने विभिन्न पाँच विधामा जनही १५ हजारका दरले पुरस्कार प्रदान गरीने एन्फा स्याङ्जाका अध्यक्ष एलबी ज्वारचनले बताए ।
 

 



नयाँ