arrow

मधेस पत्रकार महासंघ नेपाल गठन, बृजकुमार बने संयोजक

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
madhesh-patrakar-mahasangh.jpg.jpeg
जनकपुर । मधेशका सञ्चारकर्मी तथा सञ्चार प्रतिष्ठानको वृहत हकहित तथा रणनीति निर्माणमा सबल उपस्थितिका लागि मधेश पत्रकार महासंघ, नेपाल गठन गरिएको छ । 
 
शनिबार जनकपुरमा पर्सादेखि मोरङसम्मका सञ्चारकर्मीहरुको भेलाले बृजकुमार यादवको संयोजकत्वमा १३ सदस्यीय केन्द्रिय तदर्थ समिति गठन गरेको हो । समितिमा हिमांशु चौधरी, दीपेन्द्र चौहान, अनिल तिवारी, राजेश कर्ण, दिनेश्वरप्रसाद गुप्ता, चन्द्रदेव कामती, सन्तोष सिंह, विश्वनाथ ठाकुर, हरिप्रसाद मण्डल, महेश दास, रामअशिष यादव र रिंकु मिश्र सदस्य छन् । 
 
समितिले विधान मस्यौदा निर्माण र अवधारणा पत्र लेखनको लागि रामअशिष यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । राजेश कर्ण, सुरेश यादव, हिमांशु चौधरी, नवीन साहलाई समितिको सदस्यमा चयन गरिएको छ ।
 
भेलामा संचारकर्मीहरुले मधेशका संचारगृहको संरक्षण गर्न आवश्यक कदम चाल्नुपर्ने धारणा राखेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ