arrow

च्याम्पियन्स ट्रफी क्रिकेटः पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
pak-sa.jpg

बर्मिंघम । पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो खेलमा विजयी भएको छ । पहिलो खेलमा भारतसंग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १९ रनले हराएको हो । 

इंगल्याण्डको बर्मिंघममा भएको खेलमा दक्षिण अफ्रिकाले ८ विकेटको नोक्सानीमा २१९ रन बनायो । कमजोर ब्याटिंग गरेको दक्षिण अफ्रिकालाई डेभिड मिलरले नटआउट रहँदै ७५ रन दिलाए । हसन अलीले ३ तथा जुनैद खान र इमाद वासिमले २–२ विकेट झारे ।

जवाफमा पाकिस्तानले वर्षाले खेल रोकिनुपूर्व २७ ओभर खेल्दा २ विकेटको क्षतिमा ११९ रन बनाएको थियो । 
त्यसपछि खेल सम्भव नहुँदा डर्क वर्थ लुइस नियम अनुसार १९ रनले विजयी भयो । 

यो खेलपछि समूह बी को खेल रोमाञ्चक बनेको छ । अहिलेसम्म भारत, दक्षिण अफ्रिका र पाकिस्तानले १–१ खेल जितेका छन् । बिहीबार भारत र श्रीलंका भिड्दै छन् । 

यो खेलमा श्रीलंका विजयी भए दोस्रो चरणसम्म सबैको सेमिफाइनल पुग्ने समान अवसर हुनेछ । भारत विजयी भए सेमिफाइनलमा पुग्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । 
 



नयाँ