arrow

अवैध काठ प्रहरीबाट वरामद

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Kaath.jpg.jpeg
श्रीकृष्ण सिग्देल, स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले अवैधरुपमा ट्याक्टरमा लिएर जादै गरेको सालको काठ बरामद गरेको छ । स्याङ्जाको पेलाकोट गाविसबाट पिडिखोला तर्फ लैजादै गरेको वनटेष्ट ट्याक्टरबाट प्रहरीले चेकजाचका क्रममा पक्राउ गरेको हो । प्रहरीले ट्याक्टर चालक किरण श्रेष्ठ सहित सालको काठ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

ट्याक्टरमा ३५ थान गोलिया अवैध सालको काठ रहेको पुष्टि गरेको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश वरालका अनुसार बन कार्यालयको अनुमति विना काठको तस्कर गरिएकोले पक्राउ गरिएको बताए । काठ काँचो र धेरै रुखहरु कटानी गरि ल्याइएको देखिन्छ प्रहरी निरिक्षक बरालले भने,“ काठको प्रकृति हेर्दा तस्करी गर्न खोजेको देखिन्छ यसबारे सुस्म अनुसन्धान भइरहेको छ ।”

यस्ता गतिविधिलाई नियन्त्रण गर्ने काम प्रहरीको भएको र कारवार्हि बन कार्यालयले गर्ने छ प्रहरी निरिक्षक बरालले थपे ।  प्रहरीले काठको सबै मुजुल्का तयार गरी इलाका बन कार्यालय वालिङलाई बुझाएको छ । अवैध रुपले सालको काठ कसले कहाँ लैजान खोजेको हो भन्ने बारे भने अनुसन्धान भइरहेको बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ