arrow

दुर्गमका जेहनदार तथा गरिब विद्यार्थीलाई उपहार स्वरुप सोलार टुकी

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
solar-lamp.jpg

बाजुरा । बाजुराका दुर्गम विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको छ । 

जिल्लाका २५ वटा विद्यालयका एकहजार दुईसय ७३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हालै सोलार टुकी वितरण गरिएको जिल्ला समन्वय समितिअन्तर्गत जिल्ला वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा, बाजुराले जनाएको छ । 

नौवटा स्थानीय तहमा रहेका साविकका उत्तरी भेगमा पर्ने विच्छ्या, रुगिन, जुकोट, वाई, बाँधु गाविसमा रहेका विद्यालयका विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको छ । 

यसैगरी, दहकोट, आटिचौर, मार्र्तडी, काँडा र जयबागेश्वरीका गाविसका विद्यार्थीलाई सोलार टुकी वितरण गरेको जिल्ला वातावरण ऊर्जाका प्रमुख इन्जिनियर तालबहादुर रावतले जानकारी दिए । 

जिल्लाका दुर्गम गाविसमा विद्युत् नहरँदा पढाइमा समस्या भएकाले सोलार टुकी वितरण गरिएको हो । 

वर्षौंदेखि दियालो र सल्लाको रुखको झरो बाल्दै आएका विद्यार्थीले अब भने उन्मुक्ति पाउने भएका छन् । 

रावतले जिल्लामा हुने एसइई परीक्षामा संलग्न विद्यार्थीलाई बढी प्राथमिकता दिइएको बताए ।

जिल्लाका जेहेन्दार र गरिब विद्यार्थीलाई विद्यालयको सिफारिसमा सोलार टुकी दिइएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्र्रकाशराज पौडेलले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ