arrow

संविधान राजनीतिक दलको सम्झौताको दस्तावेज हो : नेता विष्ट

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
bista.jpg.jpeg
तम्घास (गुल्मी) । नेकपा (एमाले)का पार्टी सचिव एवम् संविधानसभा सदस्य गोकर्ण विष्टले संविधान राजनीतिक पार्टीको सम्झौताको दस्तावेज भएको बताउनुभएको छ । संविधान कुनै पनि वादमा आधारित नभए पनि यसले विभिन्न समुदाय, राजनीतिक पार्टी, दर्शन, विचार, मूल्यमान्यता र समुदायका चाहना आकाङ्क्षाबीचको सम्झौताको दस्तावेजका रुपमा आएको उहाँको भनाइ थियो । 
 
जिविस गुल्मीद्वारा आइतबार सदरमुकाम तम्घासमा ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान : जनताकै माझमा’ विषयको अन्तत्र्रिया कार्यक्रममा नेता विष्टले उक्त कुरा बताउनुभएको हो । संविधानले केन्द्रीकृत अधिकारलाई प्रदेश र स्थानीय तहमा समानुपातिक समावेशी, सहभागितामूलक प्रतिनिधित्व र विकासलाई समेत आत्मसात् गरेको नेता विष्टको दाबी थियो । 
 
कार्यक्रममा अर्का संविधानसभा सदस्य सृजना तरामुले सात दशकपछि मुलुक र जनताले चाहेजस्तो संविधान आएको र यसभित्र सबैका हकअधिकार सुनिश्चित रहेको बताउनुभयो । स्थानीय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षतामा सम्पन्न उक्त अन्तत्र्रिmया कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सामाजिक सङ्घसंस्था प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ