- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लन्डन । इंगल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा श्रीलंकाले अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हासिल गरेको छ ।
रन पछ्याउने क्रममा श्रीलंकाले ठूलो सफलता पाएको हो । श्रीलंकाले एक दिवसीय क्रिकेटमा अहिलेसम्म ३२२ रनको चुनौतीमाथि विजय हासिल गरेको पहिलो पटक हो ।
यो सफलता श्रीलंकाले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गर्ने क्रममा रोहित शर्माले ७८ रन जोडे ।
जवाफमा आकर्षक खेलेको श्रीलंकाले ३ विकेटको क्षतिमा ४८.४ ओभरमा विजय हासिल गर्यो । म्यान अफ द म्याच कुसल मेन्डिसले ८९, दनुस्का गुनथिलाकाले ७६, कप्तान एंगेलो म्याथ्युजले नटआउट ५२ रन बनाए ।
श्रीलंकाको यो जितपछि समूह चरण निकै रोमाञ्चक बनेको छ । पहिलो चरणमा जित हासिल गरेका भारत र दक्षिण अफ्रिका दोस्रो चरणमा श्रीलंका र पाकिस्तानसंग पराजित भए ।
तेस्रो चरणमा भारत र दक्षिण अफ्रिका तथा पाकिस्तान र श्रीलंका भिड्ने छन् । जित्ने टिम सेमिफाइनलमा पुग्नेछ ।
शुक्रबार बंगलादेश र न्यूजिल्याण्ड भिड्दै छन् । जित्ने टिम सेमिफाइनलमा पुग्नेछ ।