arrow

चिसोमा सहयोगी आँखाद्धारा विपन्न वर्गका विद्यार्थी तथा अग्निपिडितलाई न्यानो कपडा वितरण

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
District-03-Panchthar-hamrakura.jpg.jpeg
जितेन्द्र भण्डारी,पाँचथर ।चिसोले विद्यार्थीहरु विद्यालय आउनै छाडेपछि सहयोगी आँखा पाँचथरले विपन्न वर्गका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । चिसोले कठ्याङ्ग्रिएर विद्यार्थीहरु विद्यालय नआउँदा शिक्षण सिकाई क्रियाकलाप नै अवरुद्ध भएपछि आज सहयोगी आँखाले फिदिम स्थित थाङ्साङ प्रा.वि.का २१ जना र फिदिम उच्च मा.वि.का७ जना विशेष कक्षाका विद्यार्थी सहित ४६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
 
जिल्लाको सुदुर गा.वि.स. आङना –५ का अग्नी पीडित सुरेन्द्रप्रसाद तामाङ ,याङनामका अग्नीपीडित धनपति घिमिरे र सदरमुकाम फिदिममा मजदुरी गर्दै आएका मजदुरका परिवारहरुलाई पनि न्यानो कपडा दिएको सहयोग आँखाका अध्यक्ष कमल थपलियाले बताउनुभयो । चिसोबाट बच्ने खालका कपडाको अभावमा विपन्न वर्गका वालवालिका देखि बृद्धवृद्धाहरु बढि प्रभावित भएको भन्दै  सहयोगी आँखाले फिदिमका व्यवसायी र क्लोथ वैँक इलामको सहयोगमा न्यानो कपडा सहित जुत्ता चप्पल पनि वितरण गरेको थपलियाको भनाई छ ।
 
करिव ३० हजार मूल्य बराबरको कपडा वितरण गरेको सहयोगी आँखाका दीपेश गुप्ताले बताउनुभयो । न्यानो कपडा पाएपछि झापा घर भएर फिदिममा मजदुरी गर्दै आएकी पुष्पा सोनाीले अव मात्रै चिसोबाट बच्न सकिने बताउनुभयो ।‘ चिसो अधिक छ । कसरी बच्ने चिन्ता थियो ।’उहाँले थप्नुभयो‘वल्ल न्यानो कपडा पाईयो । खुशी छु ।’ सोनी जस्तै पञ्चमी गोपेटार घर भएर फिदिममै मजदुरी गर्दै आएकी गोमा घिमिरे पनि न्यानो कपडा पाएपछि हर्षित हुनुहुन्छ । यस्तै अध्यक्ष थपलियाले आगामी दिनमा अव दूरदराजका विद्यालयमा गई विपन्न वर्गका विद्यार्थीलाई कपडा वितरण गर्ने वताउनुभयो ।
 
उहाँले चिसो थेग्न सक्ने कपडा दिलाउने सहयोगी आँखालाई धन्यवाद समेत दिनुभयो । सहयोगी आँखाले आगामी वर्षहरुमा पनि निरन्तर विपन्न वर्गका विद्यार्थी र वृद्धवृद्धाहरुलाई वितरण गर्दै जाने जनाएको छ । यसअघि पनि भूकम्प पीडित,अग्नी पीडित र विपन्न दलित परिवावरलाई खाद्यन्न वितरण गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ