arrow

तीन दलको बैठक बस्यो, मोर्चासंगको वार्ताबारे अन्योल

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Barta.jpg.jpeg
काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्ताअघि साझा धारणा बनाउन प्रमुख तीन दलको बैठक बालुवाटारमा बसेको छ । बैठकमा ठूला तीन दलका शीर्ष नेताको जमघट छ । तीन दलको बैठक लगत्तै मधेसी मोर्चाका नेतासंगसँग बैठक हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । 
 
तीन दलको बैठकमा सत्ताधारी दल एमालेबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल र उपप्रधान एवं रक्षामन्त्री भीम रावल सहभागी छन् । विपक्षी नेपाली कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मिनेन्द्र रिजाल छन् । व्यवस्थापिका संसदको तेस्रो ठूलो दल एकिकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा बैठकमा छन् ।
 
तीन दलको बैठक लगत्तै मोर्चासंग निर्णायक वार्ता हुने भनिएकामा मोर्चा आवद्ध दलका नेताहरु भने राजधानी बाहिर छन् । सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो उपचारका लागि दिल्ली रहेकामा सहअध्यक्ष लक्ष्मणलाल कर्ण वीरगन्ज छन् । महामन्त्री मनीष कुमार सुमनले वार्तामा सहभागि नुहने घोषणा गरिसकेका छन् । मोर्चामा आवद्ध अन्य दलका नेताहरु समेत तित्तर वित्तर छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ