- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट ५ जना र महानगरको मतदाता नामावलीमा नाम भएका आम दलित र अल्पसंख्यकमध्येबाट ३ जना गरी ८ जना सदस्यको छनौटकालागि शुक्रबार निर्वाचन भइरहेको हो । निर्वाचनमा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित १५७ जनाले मतदान गरिसकेका छन् ।
बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि यस निर्वाचनका मतदाता हुनेछन् । जस अन्तर्गत महानगरका प्रमुख र उपप्रमुखसहित १५९ जना प्रतिनिधिले मतदान गर्नु पर्नेमा २ जना आउन बाँकी भएकाले मत गणना सुरु हुन सकेको छैन ।
गएको बैशाख ३१ गतेको निर्वाचनबाट मेयर र उपमेयरसहित १६२ जना प्रतिनिधि निर्वाचित हुनु पर्नेमा महानगरको वडा नं. २४, २५ र २७ बाट कुनै पनि दल वा स्वतन्त्रतर्फबाट दलित महिलामा उम्मेद्वारी दर्ता हुन नसकेकोले अहिले ३ सिट खाली भएको हो ।
काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत, दीपेन्द्र अधिकारीका अनुसार आउन बाकिँ सदस्यलाई साँझ ५ बजेसम्म पर्खिने र त्यसपछि मत गणना गरी करीव साँझ ६ बजेतिर नतिजा सार्वजनिक गरिनेछ ।