arrow

भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा दुईको मृत्यु

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Morang.jpeg.jpeg
मोरङ । कोशी राजमार्ग अन्तर्गत विराटनगरको दुधफर्म अगाडी भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा चालक अन्दाजी ६० वर्षीय पवन कुमार यादव र पछाडी बस्ने ६५ वर्षीय सुर्ज यादव छन् । आइतबार दिउँसो एनएल ०१ डी ३३३० नम्बरको मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिएको मोरङ प्रहरीले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ