arrow

भारतमा बन्दी बनाइएका नेपालीलाई रिहाइका लागि पहल गर्न माग

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
lifetime-imprisonment-522ab2dadee29_exl.jpg.jpeg
काठमाडौँ । भारतको हरियाना राज्यमा बन्दी बनाइएका २४ नेपाली नागरिकलाई तत्काल निःशर्त रिहाइका लागि पहल गर्न सरकारसँग आग्रह गरिएको छ । सत् साहित्य सेवा समाजले आज आयोजना गरेको अन्तक्र्रियामा पीडितले त्यहाँस्थित सत्लोक आश्रममा आयोजित सत्सङ्गका क्रममा हरियाणाका प्रहरीले अन्यायपूर्ण र अमानवीय रूपमा धरपकड गरी २४ नेपालीलाई जेलमा बन्दी बनाएको करिब एक वर्ष हुँदासमेत अहिलेसम्म नेपाल सरकारले कुनै पहल नगरेको भन्दै गुनासो समेत गरे । 
 
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले रिहाइका लागि सरकारलाई पहल गर्नका लागि मानव अधिकारकर्मी र सरोकारवालाले संयुक्तरूपमा पैरवीको थालनी गर्नुपर्छ भन्नुभयो । मानव अधिकारकर्मी भवानी खरेलले बन्दीको रिहाइका लागि सबैभन्दा पहिले मानव अधिकार आयोगले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै रिहाइका लागि नेपालमा जनमत सिर्जना गर्नुपर्ने बताउनुभयो । 
 
शान्ति तथा मानव अधिकार समाजका पूर्वसभापति होमकान्त चौलागार्इं, मानव अधिकारकर्मीद्वय चरण प्रसार्इं र रामेश्वर नेपालले रिहाइका लागि सरकारले नै पहल गर्नुपर्ने धारणा राख्नुभयो । बन्दी नेपालीलाई जतिसक्दो चाँडो रिहाइ नगरेका खण्डमा उनीहरूलाई अन्यायपूर्ण र अनावश्यक अभियोग लगाई अदालतको कानुनी चक्रब्यूहमा फसाइ निजलाई वर्षांैसम्म जेलमा बन्दी जीवन बिताउन बाध्य हुन वा मृत्युदण्डको भागी हुन सक्ने सम्भावना रहेको पीडितको भनाइ छ । 
 
पूर्वसभासद् कुलप्रसाद उप्रेतीले निर्दोष नेपाली भक्तजनमाथि योजनाबद्ध रूपमा घटना घटाएको भन्दै घटनालाई सामान्य रूपमा लिन नहुने बताउनुभयो । यसअघि ती बन्दी नेपालीलाई मुक्त गराउन पीडित परिवार तथा विभिन्न सङ्घसंस्थाले, मावन अधिकारवादी सङ्घसंस्था, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावास र भारतीय दूतावासमा पटकपटक गुनासो गर्दासमेत सुनुवाइ नभएको पीडित परिवारको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ