- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रोला ग्याँरो । विना वरियताकी टेनिस खेलाडी येलेना अस्टापेन्कोले फ्रेन्च ओपन टेनिस जितेर कीर्तिमान बनाएकी छिन् ।
विना वरियताकी २० वर्षे लात्भियाकी अस्टापेन्कोले रोमानियाकी खेलाडी सिमोना हालेपलाई हराएर कीर्तिमान बनाएकी हुन् ।
सबैभन्दा कम वरियताकी खेलाडीले फ्रेन्च ओपन जितेको यो सन् १९३३ पछि पहिलो हो । अस्टापेन्कोले खेल ४–६, ६–४ र ६–३ ले जितिन् ।
दोस्रो सेटमा ३–० ले पछि परेको अवस्था उल्टाएर अस्टापेन्कोले चमत्कार गरेकी हुन् ।
टुर लेभलको प्रतियोगिताकोसमेत उपाधि जित्न नसकेकी अस्टापेन्कोले अहिलेसम्म आठ वटा ग्राण्डस्लाममा भाग लिएकी थिइन् ।
दोस्रो पटक फ्रेन्च ओपनको फाइनल खेलेकी २५ वर्षे हालेपले यो उपाधि जितेकी भए विश्व नम्बर खेलाडी बन्ने थिइन् । अमेरिकी सदाबहार सेरेना विलियम्स भने गर्भवती भइ प्रतियोगिता त्यागेकी हुन् ।