arrow

च्याम्पियन्स ट्रफी क्रिकेटः बंगलादेश पहिलो सहभागीतामै सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो 

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
morgan-england.jpg

बर्मिंघम । सर्वाधिक एक दिवसीय विश्वकपको च्याम्पियन अष्ट्रेलिया मिनी विश्वकप मानिने च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । 

समूहका दुई दुई खेलमा बर्षाले खेल हुन नपाएपछि अंक भागबण्डा गरेको अष्ट्रेलियाले अन्तिम खेलमा ४० रनको हार बेहोर्दै बाहिरिएको हो । 

खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेटको नोक्सानीमा २७७ रन बनायो । ट्राभिस हेडले नटआउट ७१ र आरोन फिन्चले ६८ रन बनाएको इनिंगमा मार्क उड र अदिल रशिदले ४–४ विकेट लिए । 

जवाफी ब्याटिंग गरेको इंगल्याण्डले ४०.२ ओभर खेल्दा वर्षाले खेल अवरुद्ध हुनुपुर्व  ४ विकेटको नोक्सानीमा २४० रन बनाएको थियो । 

३५ रन जोड्दा ३ विकेट गुमाएर हार नजिक पुगे पनि त्यसपछि बेन स्टोक्स र ओइन मोर्गानबीच चौथो विकेटका लागि १५९ रनको पार्टनरसिप भएपछि ठूलो स्कोरतर्फ अगाडि बढेको थियो । 

स्टोक्सले नटआउट १०२ तथा मोर्गानले ८७ रन बनाए । त्यसपछि डर्क वर्थ लुइस नियम अनुसार इंगल्याण्ड ४० रनले विजयी भएको हो । 

यो जीतले अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ भने बंगलादेशले पहिलो सहभागीतामै सेमिफाइनल पुग्ने अवसर पाएको छ ।

 बंगलादेशले न्युजिल्याण्डलाई हराएको थियो भने अष्ट्रेलियासंग अंक बाँडेको थियो । 



नयाँ