arrow

बाजुराको गुम्बामा मतदान केन्द्र थप

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
bajura-district.png

बाजुरा । बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुने भएपछि यसपालिको स्थानीय चुनावमा भाग लिन पाउने भएका छन् । 

मत हाल्नका लागि बास बस्नेगरी खानेकुरा बोकेर जानुपर्ने बाध्यता भन्दै गाउँमा मतदान केन्द्र हुनुपर्ने जनताको मागलाई जिल्लाका राजनीतिक दल जिल्ला निर्वाचन कार्यालयको ध्यान जान सकेको थिएन । 

गाउँको राजनीतिक पहुँच कम भएकाले त्योबेला कसैले सुनिदिएनन् । 

मत हाल्न अप्ठ्यारो भन्ने समाचार सार्वजनिक भएपछि निर्वाचन कार्यालय, बाजुराले पनि अहिले भने व्यवस्था गरेको स्थानीयवासीले बताएका छन् । 

बाजुरा जिल्लामा रहेको निर्वाचन कार्यालय, बाजुराका अनुसार जेठ २६ गते मतदान केन्द्र थप गर्न निर्वाचन आयोगले चिठी पठाइसकेको छ ।     

अहिलेको स्थानीय चुनावमा स्थानीय गाउँमै मतदान केन्द्र हुनेमा ढुक्क छन् । 

गुम्बा गाउँमा ३० मतदाता रहेका छन् र ३० मतदाताले यसपालि मत हाल्न पाउने भएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ