arrow

आचारसंहिता बिपरित सिरहामा उम्मेदवारको प्रचार–प्रसार गर्दै शिक्षक

logo
एसके यादव,
प्रकाशित २०७४ जेठ २८ आइतबार
pracharma-teacher.png

लहान । स्थानीय तह निर्वाचन आचारसंहितामा उल्लेख छ, ‘नेपाल सरकारको मन्त्री वा सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै उम्मेदवार वा राजनीति दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्नु हुदैन ।’ तर, सिरहामा शिक्षकहरु आचारसंहितालाई धज्जी उडाउँदै उम्मेदवारको प्रचार–प्रसारमा हिडेका छन् ।

विद्यालयको पढाई प्रभावित गरेर निर्वाचन आचारसंहितालाई वेवास्ता गर्दै जनता आधारभुत विद्यालय लहान – २३ तिलेवोनाका शिक्षक श्रीदेव यादव, आधारभुत विद्यालय लहान– १० गुदिगाउँका शिक्षक जिवछ यादव उदासी एमाले उम्मेदवारको चुनावी प्रचार–प्रसारमा रहेको भेटिएका छन् ।

लहान नगरपालिकाका एमाले मेयरको उम्मेदवार मुनी साहको चुनावी प्रचार–प्रसारमा शिक्षक यादवद्वय खटिरहेको पाइएको छ । शिक्षक जिवछले प्रत्येक दिन उम्मेदवारले कुन–कुन वडामा के बोलेको छ, त्यो लेख्दै आफ्नो फेसबुक पेजमा सार्वजानिक गरी मत मागिरहेका छन् । उनले अरु उम्मेदवारको विपक्षमा कुरा सार्वजानिक गरिहेका पनि छन् । शिक्षक यादव पत्रकार महासंघ सिरहाको सचिव तथा गोरखापत्रका लहान समाचारदाता पनि हुन् ।

शिक्षा विभागले पनि शिक्षकहरु चुनाव प्रचार वा अन्य राजनीतिक दलको गतिविधिमा संलग्न भएको पाइए जागिरबाट हटाउने भनेका छन् । विभागले गत १७ वैशाखमा ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई दलको चुनावी गतिविधिमा संलग्न शिक्षकहरुलाई कार्बाही गर्न निर्देशन दिएको छ । विभागले राजनीतिक प्रचारप्रसारमा लागेका शिक्षकको बारेमा यदि कसैले सप्रमाण उजूरी दिएमा प्रचलित कानूनबमोजिम कार्बाही गरी सोको जानकारी शिक्षा विभागमा पठाउन जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको हो ।

शिक्षा अधिकारी अरविन्दलाल कर्णका अनुसार– अहिले सम्म सिरहामा कुनै शिक्षकले प्रचारमा खटेको छ भनेर कसैले उजुरी लिएर आएको छैन् । यदी उजुरी आएभने हामी प्रचलित कानुन अनुसार कारवाही गर्न तयार रहेको उनले बताए ।

संशोधित शिक्षा ऐनको दफा १६(ङ) को उपदफा ५(च) र (छ)मा ‘सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यलय समयमा अन्यत्र अध्यापन वा काम गरेको पाइए वा अन्य कुनै व्यवसायिक क्रियाकलाप गरेमा र राजजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइनेछ’ भन्ने व्यवस्था रहेको छ ।

स्थानीय तह निर्वाचन आचारसंहिताको बुँदा नम्बर ६ मा लेखिएको छ – कसैले यो आचारसंहिता उल्लघंन गरेमा निर्वाचन ऐन २०७३ को दफा २३ बमोजिम कारवाही तथा सजाय हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ