arrow

पद्मसुन्दर र भिष्मराजको पाँचथरमा काँग्रेसबाट को–को उठ्दै छन् ?

logo
सुवास निरौला,
प्रकाशित २०७४ जेठ २८ आइतबार
phidim-congress.jpg

काठमाडौं । सत्ताधारी काँग्रेसले पाँचथरका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि पाँचथर काँग्रेसले उम्मेदवारको टुंगो लगाएको हो ।

एक नगरपालिकासहित सवै स्थानीय तहमा मुख्य तीन राजनीतिक दलले आ–आफुले जित्ने ठोकुवा गरिरहेका छन् । सरकारको नेतृत्व गर्दै आएको नेपाली काँग्रेसले फिदिम नगरपालिकाको मेयरको लागि ओनाहाङ नेम्वाङ र उप–मेयरको लागि उर्मिला क्षेष्ठलाई अघि सारेको छ ।

एमालेबाट मेयर र उप–मेयरका प्रत्यासी राजकुमार भण्डारी र मुना नेम्वाङले कडा टक्कर दिने देखिएको छ। काँग्रेसले फाल्गुनन्द गाँउपालिकामा अम्बर कुमार नेम्बाङ र देविशा आङदम्बेलाई प्रमुख र उपप्रमुखको चुनावी मैदानमा उतार्दै छ । फाल्गुनन्द गाँउपालिका काँग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदम्बेको गाँउ हो।

राप्रपा अध्यक्ष समेत रहिसकेका पद्म सुन्दर लावतीको गाँउ कुम्मायक गाँउपालिकामा काँग्रेसका बम प्रसाद लावती प्रमुखमा उठ्दै छन् । उप–प्रमुखमा सूर्यकुमारी लिम्बु भिड्ने बताइएको छ ।
 
तुम्बेवा गाँउपालिका प्रमुखमा होमनाथ थापा, उप–प्रमुखमा सेखकुमारी कुरुङवाङ र मिक्लाजुङ गाँउपालिकामा प्रमुखमा खड्ग सुन्दर लावती र उप–प्रमुखमा सुनमाया राईको नाम टुङगो लागे पनि मिक्लाजुङ गाँउपालिकामा राप्रपा सँग गठबन्धन गरेर जान छलफल समेत भइरहेको बम बहादुर लावतीले जानकारी दिए।

फालेलुङ गाँउपालिकामा प्रमुखमा सञ्जय केरुङ र उप–प्रमुखमा हिमा अधिकारीले काँग्रेसबाट उम्मेदवारी दिँदै छन् । खड्ग बहादुर लावती र सुनमाया राई मिक्लाजुङ गाँपालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवार बन्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ