arrow

नेपालको चुनावलाई लिएर भारतीय नेताहरु खुशी

नेपाल आर्थिक समृद्धितर्फ अघि बढोस भन्ने भारतको शुभेच्छा

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
india-nepal-flag-new-aa.jpeg

काठमाडौं। भारतीय नेताहरुले नेपाल–भारत सम्बन्ध समुधुर भएर अघि बढेको र आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्ध थप मजबुद भएको हेर्न चाहेको बताएका छन् । उनीहरुले नेपालमा हुन गैरहेको चुनावलाई लिएर खुशी प्रकट गरेका छन् । 
नयाँ दिल्लीमा रहेका  पत्रकार ऋषि धमलासँग कुरा गर्दै भारतीय शीर्ष नेताहरुले चुनाव लोकतान्त्रिक व्यवस्था र उपलब्धिहरु संस्थागत गर्न अति आवश्यक रहेको बताउँदै नेपालको चुनावप्रति खुशी व्यक्त गरेका हुन् । 

भारतीय रेलमन्त्री सुरेश प्रभुले भने,चुनाव अति नै आवश्यकत्ता छ, समृद्धितर्फ अघि बढाउनको लागि पनि नेपालमा चुनाव हुन जरुरी छ।’ उनले निर्वाचन संघीय लोकतान्त्रिक व्यवस्थालाई पनि कार्यान्वयनको गर्न नेपालमा चुनाव हुन जरुरी रहेको सुनाए । मन्त्री प्रभुले भारतको एकमात्रै चाहना भनेको नेपाल समृद्ध होस् भन्ने नै रहेको विश्वास दिलाए । नेपालको विकासको लागि भारत सँधै पुल र सहयोगी बन्ने समेत मन्त्री प्रभुको भनाई थियो । 

त्यस्तै कंग्रेस आईका विदेश विभाग प्रमुख डा. करण सिंहले पनि नेपालमा हुन गैरहेको निर्वाचनप्रति खुशी व्यक्त गरे । सिंहले लोकतन्त्रलाई संस्थागत गर्नको लागि पनि आवधिक निर्वाचन आवश्यक रहेको धारणा राखे। नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगर्ने उनको भनाई थियो । उनले भने,‘नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप गर्दैन्।’उनले नवगठित राष्ट्रिय जनता पार्टी नेपाललाई  पनि चुनावमा भाग लिनको लागि आग्रह गरे । सिंहले भने,‘महन्थ ठाकुरजीपनि चुनावमा जानुपर्छ, उहाँ चुनावमा जाँदा धेरै राम्रो हुन्छ।’

उता जनता दल युनाईटेडका नेता शरद यादवले पनि नेपालमा स्थायित्व, शान्ति र समृद्धि भारतको चाहना रहेको बताए । उनको भनाई थियो,‘नेपाल सँधै शान्त, समृद्धि र स्थिर रहोस् भन्ने हाम्रो चाहना छ।’ उनले नेपालले विभिन्न आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्न पनि चुनाव अनिवार्य आवश्यकत्ता रहेको धारणा राखे । 

त्यस्तै भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीलेपनि पनि नेपालमा हुन गैरहेको निर्वाचनलाई लिएर अत्यन्तै सकारात्मक कदमको संज्ञा दिए । यचुरीले अघि भने,‘संविधान कार्यान्वयनको लागि पनि चुनाव अनिवार्य आवश्यकत्ता छ, त्यसैले हामी नेपालमा हुन गैरहेको स्थानीय तहको निर्वाचनपनि सफल होस् र बाँकी तहको निर्वाचनपनि समयमै सम्पन्न होस् भन्ने पक्षमा छौं।’

यचुरीले नेपाल भ्रमणको बेलामा आफूले धमला नेतृत्वको क्लबका गएर धेरै चोटी गणतन्त्र संस्थागत होस् भनेर आफ्ना धारणाहरु राखेको उल्लेख गर्दै भने,‘म त गणतन्त्र संस्थागत भएको हेर्न आँतुर छु, निर्वाचनमार्फत नै अब नेपालले आफ्ना उपलब्धिहरु रक्षा गर्ने हो, त्यसैले म सबै चुनाव समयमै सम्पन्न होस र चुनावमा सबैको सहभागिता रहोस् भन्ने शुभकामना दिन्छु।’

त्यस्तै कांग्रेस आई राष्ट्रवादीका महासचिव डि.पी. त्रिपाठीले नेपालमा हुन गैरहेको चुनावको बारेमा खुशी व्यक्त गर्दै चुनाव समयमै सम्पन्न होस् भन्ने शुभकामना दिए । त्रिपाठीले नेपालमा हालै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा पनि खुशी व्यक्त गरे । उनले भने,‘देउवाजी प्रधानमन्त्री बन्नुभएको छ, म निकै खुशी छु।’ उनले प्रधानमन्त्री देउवा आफ्ना परम मित्र रहेको समेत जनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ