- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालसहितको संघीय गठबन्धनले असार १४ गतेको स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई विथोल्ने गरी अनिश्चितकालीन आमहड्तालसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आइतबार सत्ताधारीसँग चुनावमा जाने विषयमा सहमति हुन नसकेपछि बसेको गठन्धन बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागि नहुने भन्दै तेस्रो चरणका आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।
सरकारले असार १४ गतेलाई तोकेको चुनावलाई लक्षित गर्दै गठबन्धनले असार १० देखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।
गठबन्धनका नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको बताएका छन् । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा नेता महतोले सरकारसँगको वार्ताको औचित्य समाप्त भएको बताएका हुन् ।
गठबन्धनले सोमबारबाटै आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार प्रत्येक सदरमुकाम लगायत स्थानमा मसाल जुलुश निकाल्ने कार्यक्रम छ । ३१ र ३१ गते एवं असार १ र २ गते मधेश, थरुहट र लिम्बुवान बन्द गर्ने कार्यक्रम राजपाले सार्वजनिक गरेको छ ।