arrow

बार्ता छोडेर बुटवलमा गएर उपेन्द्रले दिए राजधानी घेर्ने चेतावनी

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
upendra-yadav.jpeg
बुटवल । मधेसी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन राजधानी केन्द्रित हुने बताएका हुन्। उनले सरकारले संविधान संशोधन र परिवर्तन नगरे तराइका जनताले अब राजधानी घेर्ने चेतावनी दिए । 
 
बुटवलमा आयोजित संयुक्त जनसभामा सम्बोधन गर्दै भने-अहिलेको संविधान उच्च जातिहरुको सहभागितामा बनेको संविधान भन्दै ठूलादलले भ्रम छरेका छन्, बास्तबमा यसले पछाडि पारिएका समुदायको अधिकार, पहिचान र प्रतिनिधित्व गरेको छैन ।’चार दलले फास्ट ट्रयाकका नाममा मधेसी, दलित, जनजाति र सीमान्तकृतको हकअधिकारमा कटौती गरेर संविधान जारी गरिएको र संविधान संशोधन नभएसम्म आन्दोलन नरोक्ने बताए ।
 
सरकारले वार्ताको नाटक र मजाक गरेर मधेसको उपहास गरेको उनले बताए । सरकारले वार्ता र समाधान नै चाहेको छैन वार्ता-वार्ता भन्नुको कुनै अर्थ छैन’ उनले भने ।
 
उत्त कार्यक्रममा नयाँ शक्तिका अभियन्ता डा बाबुराम भट्टराई आउने प्रचारबाजी गरिएता पनि उनी गएनन्। संयुक्त जनसभामा कार्यक्रम अघि बुटवलमा र्‍याली निकालिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ