काठमाडैा । नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको नयाँ तालिका अनुसार लोडसेडिङ दैनिक १३ घण्टा हुने भएकेा छ । सातामा ७७ घण्टा हुँदै आएको लोडसेडिङ सोमबारदेखि बढेर हप्ताको ९ घण्टा बढाएर ८४ घण्टा हुने भएको छ । सुख्खायाममा नदीको जलस्तर घट्ने भएकाले लोडसेडिङको समय बढ्ने गरेको छ ।
प्राधिकरणले आइतबार नै सार्वजनिक गरेको नयाँ तालिकाअनुसार अब खाना पकाउने समयमा तीन दिनमात्रै बत्ती आउनेछ । उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले खाना पकाउनेबेला बिजुली नकाट्ने दाबी हाबादारी मात्रै भएकेा छ ।