arrow

शाहरुखले नेपाली टोपीमा यसरी मनाए हनिमुन

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
saharukh-honeymoon1.jpg

एजेन्सी । गौरी खानले इंस्टाग्राममा  आफ्नो र शाहरुखको तस्विर सेयर गरेकि छन् ।  तस्वीरमा शाहरुख नेपाली टोपीमा देखिएका छन् ।  रोमान्स किंग शाहरुख चलचित्रमा जति रोमांटिक  देखिन्छन् उनि वास्तविक जिवनमा पनि  उतिकै रोमान्टिक छन् ।

शाहरुख र गौरीले विवाह गरेको २६ बर्ष पुरा भएको छ । दुईको लभ स्टोरी कुने ब्लकबस्टर चलचित्र भन्दा कम छैन । शाहरुखले पहिलो नजरमै गौरीलाई मन पाराएका थिए । चलचित्र पर्दामा रोमांस गर्ने शाहरुखले डेढ बर्षसम्म गौरीलाई प्रपोज गर्ने हिम्मत गरेनन् ।  

उनि मुसलमान हुन् । तर गौरिका परिवारलाई उनि आफु हिन्दु भएको बताउने गर्दथे । गौरिकलाई  शाहरुखसँग विवाह गरे आफु सुसाइट गर्ने  आमाले धम्कि दिएकी थिइन् । पछि   गौरी आफैले परिवार विरुद्ध गएर शाहरुखसँग विवाह गर्न बताइन्  । छोरिको जिद्दि देखेर आमा बुवा पनि विवाहका लागि तयार भए । सन् १९९१ अक्टुबर २५ मा शाहरुख र गौरीको विवाह भयो ।

विवाह पछि शाहरुख दार्जिलिङमा चलित्र 'राजु बनगया जेन्टल मेन' को सुटिङमा रहे ।  शाहरुखसँगै गौरी पनि दार्जिलिङ पुगेकी थिइन् । दुवैले  दार्जिलिङमा    हनिमुन मनाएका थिए । साथै नेपालि पहिरनमा तस्विर खिचाएका थिए ।    

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ