arrow

भारतीय मालवाहक गाडीको ठक्करबाट दुईको मृत्यु

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
download.jpg.jpeg
विराटनगर । भारतीय मालवाहक गाडी (लरी)ले मोटरसाइकललाई ठक्कर दिँदा अाइतबार अपराह्न विराटनगरमा दुई जनाको मृत्यु भएको छ । 
 
विराटनगर–१७ बस्ने ६० वर्षीय पवन यादवको घटनास्थलमै मृत्यु भएको र पछाडि सवार सप्तरीको मल्हनीया बस्ने वर्ष ६२ का सरजु यादवलाई नोबेल अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । 
 
कोसी राजमार्गमा उत्तर दिशाबाट दक्षिणतर्फ आउँदै गरेको एनएलओ १ डी ३३३० नम्बरको गाडीले को १० प ९७५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ