arrow

सलमानको 'ट्यूबलाइट' मा अक्षयको रोल भाइ सोहेललाई दिएको खुलासा

सलमानको 'ट्यूबलाइट' मा यसरी आए अक्षयको ठाँउमा सोहेल

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
salman-akshaya.jpg

एजेन्सी । बलिउड  चलचित्र  'ट्यूबलाइट'मा अक्षय कुमारलाई सलमान खानको भाइ बनाउने सोच निर्देशक कबीर खानले राखेका थिए । निर्देशक खानका अनुसार  सलमानको आगामि चलचित्र  'ट्यूबलाइट'मा उनको भाईको रोल अक्षयको लागि लेखिएको थियो ।

निर्देशक खानले 'ट्यूबलाइट' बनाउने  प्लान गर्दै सलमानको भाइको भुमिकामा सबै भन्दा पहिले अक्षय कुमारलाई सम्झेका थिए । सलमान खान र अक्षय कुमार 'मुझसे शादी करोगी' र 'जानेमन' चलचित्रमासँगै काम गरिसकेका छन् । यी चलचित्रमा दुवैको भुमिका दर्शकले निकै रुचाए ।


सो समय कबीरले चलचित्रमा सोहेल खानलाई राख्ने बारे सोचेका थिएनन् । कबीरले सलमानको भाईको रूपमा कुनै  स्टारलाई नै राख्न चाहान्थे जुन सलमानको भाई नहोस् ।  जब खानले स्क्रिप्ट  पुरा गरे र कलाकार छान्ने  समय आयो तब कबीरलाई सोहेलनै ठिक लाग्यो । साथै यो कुराले  सलमान पनि उत्साहित भए ।

सलमानले चलचित्रमा आफ्नै भाई भए इमोशनल सीनको लागि अझ सशक्त तरिकाले गर्न सक्ने समेत खानलाई सुझाए । कबीर पनि सो कुरामा सहमत भए र सोहेलको चलचित्र 'ट्यूबलाइट' मा स्थान दिए । सोहेल र सलमान 'मेने प्यार क्यो किया' चलचित्रमा सँगै काम गरिसकेका छन् ।  चलचित्र जुन २३ मा रिलिज हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ