arrow

सरकार र मोर्चाको वार्ता चिया गफमै सिमित; मोर्चाको नाका केन्द्रित आन्दोलन जारी रहने

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Barta.jpg.jpeg.jpeg
काठमाडौं। सरकार, प्रमुख प्रतिपछि दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको वार्ता विना निष्कर्ष टुङगिएको छ। तीन पक्षीय शक्तिबीच साँझ साँढे ६ बजेदेखि भएको बैठक मोर्चाको एक घटक सद्भावनाको बहिष्कार र मधेशी जनाधिकार फोरमका अध्यक्षको अनुपस्थितिका कारण पनि निष्कर्षमा नपुग्ने अनुमान गरिएको थियो। 
 
मोर्चा र सरकारबीच यसबीचमा छलफल समेत नभएको बेला बसेको यो बैठकले सरकार र मोर्चाबीच थप वार्ताको वातावरण बनाएको हो। बैठकमा मोर्चाको ११ बुँदे प्रस्तावमाथि छलफल भएको काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले बताए। 
 
बैठकमा सरकार सम्वद्ध दल र प्रमुख प्रतिपषी दल काँग्रेसले एक कार्यकदल बनाएर सबै बिषयमा छलफल गर्न प्रस्ताव गरेपनि आफूहरुले कुन कुन बिषयमा छलफल गर्न कार्यदल आवश्यक भएको भन्दै प्रमुख तीन दलका नेताहरुलाई सोधेको तमलोपाका नेता हृदयेश त्रिपाठीले संवाददाताहरुलाई बताए। 
 
वैठकपछि उहाँले मोर्चाको आन्दोलनको कार्यक्रम यथावत रहने र नाका केन्द्रित आन्दोलन जारी रहने प्रतिक्रिया दिए। उहाँले थप आन्दोलका कार्यक्रम थप छलफल पछि सार्वजनिक हुने मोर्चाका नेताहरुले बताएका छन्। 
 
वैठकमा सहभागि एक नेताले बहुप्रतिक्षित भनिएका कारण आम नागरिकले पनि प्रतिक्षा गरेको बैठक चीया गफमा सिमित भएकोमा चिन्ता व्यक्त गरेका छन। आम नागरिक मधेशमा जारी आन्दोलनर भारतीय अघोषित नाकावन्दीका कारण अत्यावश्यकीय सामान सहज रुपमा नपाउँदा पिडित छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ