arrow

सैनिक महाविद्यालयका शिक्षकमाथि आक्रमण, सेनाका कर्णेलले पत्रकारलाई गरे हातपात

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
surkhet.jpg.jpeg
मानबहादुर खड्का, सुर्खेत । वीरेन्द्रनगर स्थित मंगलगढीमा रहेको सैनिक आवासिय महाविद्यालयको भित्रि रहस्य खुलेको छ । दश कक्षामा अध्ययनरत केही विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि आइतबार दिउँसो सैनिक विद्यालयमा तनाव उत्पन्न हुँदा भित्री रहस्य बाहिर आएको होे ।
 
शिक्षकले दश कक्षाका विद्यार्थीको एक समूह  विद्यालयमै गाँजा खाने गरेको रिपोर्ट प्रिन्सीपललाई गरेका थिए । सोही रिसमा किन रिपोर्ट गरेको भन्दै विद्यार्थीहरुले आइतबार दिउसो शिक्षकमाथि कुटपिट गरेका हुन् । विद्यार्थीहरुले विद्यालयका झ्याल र ढोकामा रहेका सीसाहरु समेत तोडफोड गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार सैनिक आवासिय विद्यालयका मेजरका आफन्तका छोरा सोही विद्यालयमा अध्ययन गर्ने भएकाले उनलाई कारवाही गर्न नचाहेपछि शिक्षकमाथि जाइलागेको बताएको छ । 
 
शिक्षकलाई विद्यार्थीहरुले कुटपिट गरेपछि केही समय विद्यालय परिसरमा निकै तनाव भएको थियो । विद्यार्थीहरुले शिक्षक र नेपाली सेनामाथि समेत ढुंगामुढा र रटप्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । विद्यालय भित्र कसैलाई पनि नेपाली सेनाले प्रवेश गर्न दिएन । विद्यालयमा अध्ययनरत छात्राहरुलाई घटना भएलगत्तै लगत्तै बाहिर पठाइयो । विद्यालयमा कक्षा चारदेखि १० सम्मको त्रैमासिक परिक्षा सञ्चालन भइरहेको बेला शिक्षकमाथि एक्काशी विद्यार्थीहरुले कुटपिट शुरु गरेका थिए । विद्यार्थीको कुटाईबाट केही शिक्षक र सेनाका जवानहरु घाइते भएका छन् । 
 
होस्टेलमा करिव पाँच सय बढी विद्यार्थीहरु बस्दै आएका छन् । जस मध्य दश कक्षामा मात्र अध्ययनरत विद्यार्थीहरुको संख्या ७२ रहेको बताइएको छ । घटनाबारे नेपाली सेनाले पत्रकारहरुलाई कुनै जानकारी नदिई गालि गलौज र हातपात गरेको थियो । सामान्य घटनाहरु विगत चार वर्ष पहिलेदेखि हुँदै आएपनि विद्यालय प्रशासन मौन रहेको स्रोतको भनाई छ । तर, विद्यालयमा विद्यार्थीहरुको हातमा कसरी गाँजा उपलब्ध भयो भन्नेबारे अभिभावकहरु चकित परेका छन् । पठन–पाठनमा राम्रो मानिएको सैनिक आवासिय विद्यालयमा यस्ता उश्रृखल घटनाहरु घट्न थालेपनि अभिभावकहरु चिन्तत छन् । घटना लगत्तै पुगेका अभिभावकहरुलाई समेत कसरी घटना भयो भन्नेबारे सेनाले जानकारी दिएन । 
 
कर्णेल कार्कीले पत्रकारमाथि हातपात गरे
सैनिक आवासिय विद्यालयमा भएको तनावबारे समाचार संकलन गर्न गएका पत्रकार माथि नेपाली सेनाका कर्णेलले हातपात गरेका छन् । राजदल गणका कर्णेल शीव प्रताप कार्कीले ६ जना पत्रकारलाई अपशव्द प्रयोग गर्दै हातपात गरेका हुन् ।
युगआह्वान दैनिकका समाचार प्रमुख सुशील खड्का, माउण्टेन टेलिभिजनका सम्वाददाता सुदीप पुरी, काँक्रेविहार दैनिकका सम्पादकद्वय सुशील शर्मा र सम्वाददाता ईश्वर अधिकारी,  बुलबुले एफएमकाद्वय स्टेशन प्रमुख सुर्यप्रकाश कडेंल र समाचार प्रमुख कृष्ण आचार्यलाई कर्णेलकार्कीले गाली गलौज गरेका थिए । आइतबार साँझ करिव ५ बजेतिर सैनिक आवासिय विद्यालयबाट बाहिर आएका कार्कीलाई पत्रकारले कसरी घटना भयो भन्नेबारे जानकारी दिन आग्रह गर्दा आक्रामक शैलीमा ‘तिमी साले पत्रकारका कारण मैलेले दुःख पाएको’ भन्दै हातपात गरेका थिए । 
 
कर्णेल कार्कीलेसमाचार सकलनको क्रममा पत्रकार आचार्य र खड्काको क्यामेरा खोस्ने प्रयास समेत गरे । उनले पत्रकारहरुलाई सार्वजनिक स्थलमै पत्रकारहरुको कपडा समातेर आफूतिर तानेका थिए । कर्णेलले पत्रकारमाथि दुव्र्यहार गर्नु पूर्व समेत सोही विद्यालयका मल्ल थरका सैनिकले फोटो र भिडियो खिचि रहेको बेला ‘ए ! फोटो किन खिचिस्, तुरुन्त डिलिट गर’ भन्दै धम्काएका थिए । 
 
यता, जिल्लाका विभिन्न पत्रकार संघ संगठनहरुले सैनिक आवासिय विद्यालयको समाचार संकलनको क्रममा कर्णेलकार्कीले गरेको दुव्र्यहारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ र प्रगतिशील पत्रकार संघ सुर्खेतले संयुक्त रुपमा विज्ञप्ती निकालेर दुव्र्यवहारको विरोध गरेका छन् । ‘समाचार संकलनको क्रममा कर्णेलले अपशव्द प्रयोग गरेर गालिगलौज तथा हातपात र क्यामेरा खोस्नु निन्दनिय कार्य हो’ संयुक्त विज्ञप्तीमा भनिएको छ । कर्णेलको यस्तो व्यवहारले स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने पत्रकारहरुको प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएकाले तत्काल घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग ती संगठनले गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ