arrow

भारत सातौं पटक साफ च्याम्पियन, अफ्गानिस्तानको दुःखद बहिर्गमन

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Sunil-Chhetri.jpg.jpeg
काठमाडौं । भारतको केरलामा भएको ११ औं साफ च्याम्पियनसिपको उपाधि आयोजक भारतले जितेको छ । आइतबार साँझ त्रिबेन्द्रममा भएको फाइनलमा अफगानिस्तानलाई २–१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । यो सहित भारतले सात पटक दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको उपाधि जितेको छ । यस्तै, भारतले आफ्नै भूमिमा अफ्गानिस्तानसंग अघिल्लो पटक हारेको बदला समेत लिएको छ । 
 
एक पटकको विजेता अफ्नानिस्तानले उपविजेतामा चित्त बुझाएको छ ।  सनसनीपूर्ण खेलको सुरुमा अफ्गानिस्तान हावी भएपनि थुप्रै प्रहार भारतीय खेलाडीले विफल पारिदिए । आक्रामक अफ्गानिस्तानका खेलाडीले थुप्रै अवसर खेर फाले । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफमा दुबै टोलीले १–१ गोल गरे । अफगानिस्तानका लागि ७०औं मिनेटमा जुवायर अमिरीले गोल गरे । त्यसको तीन मिनेट पछि ७३औं मिनेटमा भारतका जेजेले जवाफी गोल फर्काए । निर्धारित ९० मिनेटको खेल १–१ बराबरीमा सकिएपछि ३ मिनेट समय थप भएकामा गोलन हुन सकेन । पछी थप समयकाे एक सय १ औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो । यसअघि,  दुई वर्ष अघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागि भएको अफ्गानिस्तानले फाइनलमा भारतलाई हराएर उपाधि कब्जा गरेको थियो ।
 
अन्तिम पटक साफ च्याम्पियनसिप खेलेको अफ्गानिस्तानको उपाधि जितेर दक्षिण एसियाली फुटबलबाट सुखद बहिर्गमन गर्ने सपना चक्नाचुर भयो ।  आउँदो वर्षदेखि अफ्गानिस्तानले एशियाली फुटबल महासंघ एएफसीको दक्षिण एशीयाली समूह त्यागेर मध्य एशियाली समूह बाट फुटबल खेल्नेछ । सेमीफाइनलमा अफगानिस्तानले श्रीलंका र भारतले माल्दिभ्सलाई हराँउदै फाइनल भेट पक्का गरेका थिए । भारत ७ पटक विजेता बन्दा अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले एक–एक पटक प्रतियोगिताको साफ च्याम्पियनसिपको उपाधि जितेका छन् । उपाधिविहिन नेपाल भने यसपटक समूह चरणबाटै बाहिरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ