arrow

महिलाका यी ६ स्वास्थ्य समस्यामा, पुरुषले दिन सक्छन् राहत

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
Sexual-Health-Problems1.jpg

एजेन्सी । महिलासँग सम्बन्धित यस्ता कयौ स्वास्थ्य समस्या रहेका छन्  जुन विस्तारै ठुलो रोगको रुपमा विकास हुन पनि सक्छन् । प्राय महिलाहरु व्यस्त जिवनका कारण आफ्नो स्वास्थ्यको ख्याल गर्न पाउदैनन् । त्यसैले यी समस्याका बारेमा पुरुषहरुले पनि जान्न आवश्यक छ  ताकि आफ्नो जिवन संघिनीको स्वास्थ्यमा ध्यान दिन सकुन् ।

स्तनमा दुखाइ
स्तनमा कुनै प्रकारको परिवर्तन जस्तै दुखाई, स्तन सुन्निने वा गाठो भए गम्भीर हुनुपर्दछ । यो कुनै ठुलो स्वास्थ समस्या बन्न सक्दछ ।

 गोप्य अंग
महिलाहरुको गोप्य अंगको मांसपेशीमा स्वास्थ्य नहुदा तनाव, पछाडिको भाग दुख्ने  र  मूत्रालयको समस्या हुने खतरा हुन्छ । यी मांसपेशीलाई दरिलो बनाउन सम्बन्धित विशेषज्ञको सल्लाह लिन आवश्यक छ ।   
    
रगतको कमी

प्राय रजस्वालाको समय सहि आहारको कमिले महिलाहरुमा एनीमियाको समस्या बढ्न सक्दछ । यस्तो समयमा पौष्टिक आहारमा  ध्यान दिनु पर्दछ ।

कमजोर हड्डि
महिलाहरुमा रगतको कमिले हड्डि कमजोर हुन सक्छ । यसले दिर्घकालमा अर्थराइटिस जस्तो समस्या हुन सक्दछ । आहारमा दुध, दहि , पनीर जस्ता चिज सहमाहित गर्नुहोस ।

कपाल झर्नु
महिलाहरुमा हर्मन परिवर्तनका कारण १०० देखि १२० बटा सम्म कपाल झर्नु सामान्य हो । तर यो भन्दा ज्यादा कपाल झरे पोष्टिक तत्व र डाक्टरको सल्लाह लिनुपर्दछ ।

  रजस्वालामा दुखाइ
रजस्वालाको समय महिलाहरुलाई निकै पिडाको महसुस हुने गर्दछ । दुखाइ कम गर्न आहारामा हरियो साग सब्जी, अदुवाको चिया, चक्लेट र केरा जस्ता चिजहरु सकमेल गर्नसकिन्छ ।
 

 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ