arrow

भारतको कश्मिरमा चुनाव हुन्छ भने मधेशमा किन नहुने ?: महासेठ 

मधेशमा पनि चुनाव हुन्छ, हामी पहिलो पार्टी बन्छौंः राजेन्द्र श्रेष्ठ 

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
raghubir-uml.JPG

काठमाडौं। राष्ट्रिय जनता पार्टीका शीर्ष नेता वृषेशचन्द्र लालले संविधान संशोधन पारित नभएसम्म राजपा नेपालले कुनैपनि निर्वाचनमा भाग नलिने स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लालले संविधान संशोधन गर्छु भनेर सरकारले पटक–पटक लिखित सम्झौता समेत गरिसकेको तर अहिलेसम्म कुनैपनि सम्झौता कार्यान्वयन नगरेकोले यसपटक सरकारको जालझेलमा नपर्ने बताएका हुन्। उनले भने,‘संविधान संशोधन नभएसम्म हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, किनकी सरकारले धेरै पटक संशोधन गर्छु भनेर हामीलाई झुक्याउने काम भएको छ, अब हामी झुक्किनेवाला छैनौं।’

आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले राजपा नेपालको आन्दोलनलाई लिएर सुनियोजित प्रचार गरिएको समेत गुनासो पोखे। उनले भने,‘संविधान संशोधनमार्फत मधेशी, जनजाति, आदिवासीलगायतका माँगहरु पूरा गर्नुपर्छ भनेर हामी निरन्तर आन्दोलनमा छौं, अहिले जुन हल्ला चलाईएको छ, त्यो निराधार हो।’ उनले चुनावको मिति सार्नु वा नसार्नु भन्नेबारे आफूहरुको कुनै चासो नभएको समेत स्पष्ट पारे।

नेता लालले भने, ‘चुनावको मिति सारियोस् वा नसारियोस् यो हाम्रो चासोको विषय होईन, तर अहिले हामीलाई यसबारेमा मुछ्ने काम गरिएको छ, यो सुनियोजित प्रचार मात्रै हो, यसमा कुनै सत्यता छैन्।’ त्यस्तै उनले चुनाव चिन्ह पनि आफूहरुले अहिले नमाँगेको जिकिर गरे। लालले थपे,‘हाम्रो मुख्य माँग भन्नुहोस् या बटमलाईन त्यो भनेको संविधान संशोधन मात्रै हो।’

उनले आफूहरुले उठाएका माँगहरु पूरा नभएसम्म आन्दोलन जारी रहने समेत विश्वास दिलाए। उनले भने,‘जनताहरु हाम्रो आन्दोलनमा जोडिरहेका छन्, जनताको पूरा साथ छ, संविधान संशोधन नगरीकन गरिने निर्वाचनलाई जनताले अवरोध गर्छन्।’ उनले संविधान संशोधनबारे पछिल्लो समय र विगतको अवस्थामा धेरै स्थिति फेरिएको समेत तर्क गरे। उनले भने,‘अहिले त नेकपा एमालेपनि संशोधनको पक्षमा छ, हिजोको जस्तो स्थिति अहिले छैन नि।’

यद्धपी उनले पछि संशोधन गरौंला भन्ने नाममा लिखित प्रतिबद्धता आएपनि विश्वास गरिहाल्ने अवस्था अझैं नरहेको जिकिर गरे । उनले भने,‘अहिले निर्वाचनमा जाऔं, पछि संशोधन गरौंला भनेर भनियो भने हामी मान्नेवाला छैनौं।’

उनले आफूहरुले उठाएका राजनीतिक मुद्दामा आन्दोलनका क्रममा आफ्ना कार्यकर्ताहरुलाई लगाईएका झुठा मुद्दा खारेज गर्नुपर्ने, बाँकी ९ जनालाई सहिद घोषणा गर्नुपर्ने, स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गर्नुपर्ने रहेको पनि सुनाए। 

उनले उपेन्द्र यादवले आन्दोलनबाट विश्राम लिएको समेत आरोप लगाए। उनले भने,‘उपेन्द्र यादवजीले अहिले विश्राम लिन चाहनुभएको छ, आन्दोलनलाई महत्व दिएका छैनन्।’ तराई मधेशमा उपेन्द्र यादवले जनताको दबाब थेग्न नसक्ने समेत लालले ठोकुवा गरे । उनले भने,‘हामीलाई विश्वास छ, उपेन्द्रजीले जनताको दबाब थेग्न सक्नुहुन्न, उहाँपछि आन्दोलनमा आउनुपर्छ, उहाँलाई हामी स्वागत नै गर्छौं।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले राजपा नेपालले घोषणा गरेको आन्दोलनको उद्देश्य नै अहिलेसम्म प्रष्ट नभएको आरोप लगाएका छन्।

नेता महासेठले प्रश्न गर्दै भने,‘राजपाले घोषणा गरेको आन्दोलनको उद्देश्य के हो ? चुनाव सार्ने हो कि वा माँग सम्बोधन भएमात्रै चुनावमा आउने भन्ने के हो ? बुझ्न सकिएको छैन्।’ उनले राजपा वा तत्कालिन मधेशी मोर्चाको भनाई र गराईमा विश्वसनीयता नै नभएको आरोप लगाए। 

उनले राजपा नेपालले संविधान संशोधन भएपछिपनि आन्दोलन गर्दैन भन्ने के ग्यारेन्टी छ त भन्दै प्रश्न तेर्साए। उनले भने,‘संविधान संशोधन भए के राजपाले साँच्चिकै भाग लिन्छ त ? के हो उहाँहरुको स्पष्ट धारणा, त्यो त आउनुपर्यो नि?’

उनले राजपालाईपनि चुनावमा सहभागी गराउनको लागि कोशिस जारी राख्नुपर्ने सुझाव दिए। उनले भने,‘निर्वाचनमा सहभागी भईयो भन्दैमा माँग छोडेको भन्ने कुरा हुँदैन्, बरु अहिले नै लिखित प्रतिबद्धता गरौं, के के भयो भने निर्वाचनमा जाने हो ? त्यो कमिटमेन्ट गरौं न।’ महासेठले राजपालाई चुनावको लागि समय नपुगेको हो भने त्यो पनि भन्नुपर्ने वा आत्मविश्वास छैन कि भन्दै यसबारेमा स्पष्ट हुन आग्रह गरे। 

उनले मधेशी जनताले चुनाव चाहेको समेत जिकिर गरे। उनले भने,‘म भर्खरै तराईबाटै आएको हुँ, गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ, जताततै चुनावी माहोल छ, जनतामा ठूलो उत्साह छ, आफ्ना जनप्रतिनिधि चयन गर्न पाईने भयो भनेर उहाँहरु मतदान गर्न व्यग्र प्रतिक्षामा हुनुहुन्छ।’

नेता महासेठले राजपाले चुनावको विरोधमा आन्दोलन घोषणा गर्नुको दुई वटा कारण रहेको समेत खुलासा गरे। उनका अनुसार पहिलो कारण मधेशी जनताले राजपालाई विश्वास गर्दैनन कि भन्ने डर छ। त्यस्तै दोस्रो कारणमा जनताका सामू विगतमा गरेका वाचा, प्रतिबद्धताहरु अहिलेसम्म पूरा गर्न नसकेको आत्मानुभुतिको डर छ। उनले राजपा नेपालका संयोजक महन्थ ठाकुरले टेलिभिजनमा थरीथरीका खतरानक अन्र्तवार्ता दिएको समेत आरोप लगाए। उनले भने,‘राजपाका संयोजक नै खतरानक कुराहरु गर्दै हिँडिरहेका छन्, के गर्न चाहेको हो ?’ 

उनले ठाकुरले अन्र्तवार्तामा भनेझैं यदि संविधान संशोधन गर्न खोजेको हो भने आफ्नो पार्टीले त्यसलाई सिधै अस्विकार गर्ने समेत चेतावनी दिए। उनले भने,‘हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने कुरा एमालेले कुनै हालतमा मान्दैन्।’ महासेठले कतै संविधान संशोधनको नाममा देश विखण्डन गर्ने कुरा त पछि चल्दैन भनेर चिन्ता समेत व्यक्त गरे। यद्धपी उनले आफ्नो पार्टी संविधान संशोधनप्रति सकारात्मक रहेको जिकिर गरे। उनले भने,‘हामी संशोधनप्रति सकारात्मक छौं, छलफल गर्न तयार छौं, तर राष्ट्रलाई बलियो बनाउनेगरि गर्नुपर्छ, हचुवाको भरमा गर्नुहुँदैन्।’

नेता महासेठले राजपाको कुनै जमानामा आफ्नो पार्टी प्रधान शत्रु भएपनि अहिले चुनावमा सहभागी भएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल भएको उल्लेख गर्दै भने,‘एउटै थाल तानातान भैरहेको छ।’ उनले साँच्चिकै अर्थमा राष्ट्रवादीहरुवीच सहकार्य हुनुपर्ने समेत बताए। उनले राजपा नेपालभित्र पनि राष्ट्रवादी नेताहरु रहेको बताउँदै सम्बोधन गर्न सकिनेजति माँग पूरा गराउन आफूहरु तयार रहेको स्पष्ट पारे।

उनले राजपालाई जसरी हुन्छ चुनावमा ल्याउनुपर्ने र यसको लागि सरकारले अथक प्रयास गर्नुपर्ने सुझाए। तर देश टुक्र्याउनेगरि र मुलुकमा आन्तरिक गृहयुद्ध निम्त्याउनेगरि गर्न नहुने बताए। राजपा नेपालविना पनि तराइ मधेशमा चुनाव गर्नेभन्दापनि सकेसम्म ल्याउनको लागि प्रयत्न गर्नुपर्ने उनको भनाई थियो। यदि राजपा नेपाल जे गर्दापनि चुनावमा आएन भनेपनि चुनाव नरोकिने जिकिर गरे। उनले भने,‘भारतको कश्मिरमा चुनाव हुन्छ भने मधेशमा किन नहुने ? त्यसैले उहाँहरु नआएपनि चुनाव हुन्छ, रोकिँदैन्।’ उनले निःशन्देह चुनावमा भाग लिनको लागि राजपा नेपाललाई विशेष आग्रह समेत गरे।

संघीय समाजवादी फोरम, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन्। श्रेष्ठले भने,‘हेर्दै जानुहोला, तराई–मधेशमा हाम्रो पार्टी पहिलो हुन्छ, अहिले जनताको व्यापक जनलहर हाम्रो पक्षमा उत्रिएको छ, पहिलो हुनेमा कुनै शंका छैन्।’

चुनाव तोकिएकै मितिमा हुन्छ त भन्ने प्रश्नमा नेता श्रेष्ठले भने,‘राज्यले चाह्यो भने किन नहुनु, गर्यो भने हुन्छ।’ उनले आफ्नो पार्टीले संविधान संशोधनको पहल पनि जारी राख्दै  जाने तर अहिले चुनावमा पनि भाग लिने भनेर नीति लिएकोले त्यही अनुसार व्यापक तयारी भैरहेको जानाकारी दिए।

उनले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिको लागि चुनावलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्ने भएकोले आफ्नो पार्टीले पहिलो चरणको निर्वाचनमा पनि भाग लिएको र अब हुने दोस्रो चरणको निर्वाचनमा पनि व्यापक उत्सुकताका साथ सहभागी जनाउने स्पष्ट पारे। उनले भने,‘संविधान संशोधनको पहलपनि जारी रहन्छ, प्रस्ताव दर्ता भैसकेको छ, स्थानीय निकायको निर्वाचन भनेको विकासको माध्यम हो, त्यही भएर हामी निर्वाचनमा गएका हौं।’

उनले कांग्रेस र माओवादी केन्द्रले संसदबाट संशोधन प्रस्ताव पारित गराउँछौं भनेर प्रतिबद्धता जनाएअनुसार नै आफूहरुले प्रधानमन्त्री देउवालाई समर्थन गरेको जनाउँदै माँग पूरा हुनेमा विश्वस्त रहेको प्रष्ट्याए । उनले राजपालाई पनि चुनावमा सहभागी हुने वातावरण बनाउनको लागि सत्तापक्षलाई आह्वान गर्दै भने,‘राजपा र सरकार दुवै पक्षलाई हाम्रो विशेष आग्रह छ, सरकारले पनि उहाँहरुलाई चुनावमा सहभागी हुने वातावरण बनाउनुपर्छ, र राजपा पनि चुनावमा आउनुपर्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता पशुपतिशमशेर जबराले संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टीले एकमतले भोट हाल्ने स्पष्ट पारेका छन्। उनले भने,‘हामी ३७ जना सांसदले नै संशोधन प्रस्तावको पक्षमा भोट हाल्छौं।’ उनले आफ्नो पार्टी टुटफुट नहुने समेत जिकिर गरे। उनले संविधान संशोधन मुख्य लक्ष्य भनेको नै मधेशका मुद्दालाई सम्बोधन गर्नु भएकोले आफ्नो पार्टी संशोधनप्रति पूर्ण सकारात्मक रहेको स्पष्ट पारे। उनले मधेशलाई पनि सम्पूर्ण प्रक्रियामा सहभागी गराउनुपर्ने बताए।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी जनाउनेबारे सरकार र पार्टीवीच वार्ता जारी रहेको समेत उनले जनाए। उनले भने,‘सहमति भएपछि हामी सरकारमा जान्छौं, अहिले छलफल जारी छ।’ नेता राणाका अनुसार देउवा सरकारसामू अहिले धेरै चूनौतिहरु समेत रहेका छन्। उनका अनुसार भुकम्पपछिको पूर्ननिर्माण फत्ते गर्नुपर्ने, बाँकी तीन चरणकै निर्वाचन सम्पन्न गर्नुपर्ने, आन्दोलनकारी शक्तिहरुलाई विश्वासमा लिएर सहमति गर्नुपर्ने, निर्वाचनमा सुरक्षा प्रत्याभुति गर्नुपर्ने लगायत रहेका छन्। उनले राजपा नेपाललाईपनि चुनावमा आउनको लागि आग्रह गरे। जबराले भने,‘राजपा नेपाल पनि चुनावमा’।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ