arrow

चन्द्र भण्डारीको प्रश्न- संविधान दिने दललाई भोट दिने कि चुट्किला भन्नेलाई ?

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
bhandari-sainamaina.jpg

ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाली जनताले आफूलाई सार्वभौमसत्ता सम्पन्न, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको स्वतन्त्र नागरिक बनाउने संविधान निर्माण गरी जारी गर्ने दललाई मतदान गर्ने कि चुट्किला भन्ने दललाई भन्ने अहम् सवाल मतदाताहरुको बीचमा उठाएका छन् ।

नेपाली काँग्रेस सैनामैना नगर समितिले मंगलबार रुपन्देही जिल्लाको सैनामैनाको कलौनीमा आयोजना गरेको निर्वाचनको प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले प्रश्न उठाएका हुन् ।  काँग्रेसकै नेतृत्वमा आएको संविधानमा स्थानीय तहमा २२ वटा अधिकार सुनिश्चित भएको जानकारी गराउँदै उनले प्रश्न गरे,‘संविधान दिने पार्टीलाई भोट दिने की चुट्कीला भन्नेलाई ?, अधिकार तपाईँकै हातमा छ ।’

पहिलो चरणको निर्वाचनमा एमाले अधिक स्थानमा विजयी भएपछि  त्यसका अध्यक्ष केपी ओलीमा अहम् बढेको आरोप लगाउँदै भण्डारीले आफ्नो झण्डासम्म बोक्न नसक्ने पार्टीले जनताको पक्षमा केही गर्न नसक्ने दावी गरे।

काँग्रेस सैनामैनाका मेयरका उम्मेद्वार फणेन्द्र शर्माले सैनामैनाको समग्र विकासको लागि आफ्नो उम्मेद्वारी भएको बताए । नगर समितिका सभापति रामप्रसाद अधिकारीको सभापतित्मा भएको कार्यक्रममा नेपाल महिला संघकी रमा अर्याल, टेकबहादुर रेश्मी लगायतले संबोधन गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ