arrow

जिल्ला जनस्वास्थ्य कार्यालयको मकवानपुरका पत्रकारबीच अन्तक्रिया

नेपालमा ६० प्रतिशत मानिसको मृत्य नसर्ने रोगबाट हुने तथ्य सार्वजनिक

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ जेठ ३१ बुधबार
antarkriya_makawanpur.jpg

हेटौँडा । नेपालमा ६० प्रतिशत मानिसको मृत्य नसर्ने रोग र ४० प्रतिशत मानिसको मृत्य सर्ने रोगका कारण हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला जनस्वास्थ्थ कार्यलय मकवानपुरले बुधबार आयोजना गरेको नसर्ने रोग सम्बन्धी पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा मकवानपुरका स्वास्थ्यकर्मीहरुले यसो बताएका हुन् ।

प्र्राथमिक स्वास्थ्य केन्द्र बकैयाका डाक्टर परमार्थ बस्नेतले कार्यपत्र प्रस्तुत गर्दै देशका ६०प्रतिशत मानिसको मृत्य नसर्नेरोगबाट हुने गरेको र रोग बुढेसकालमा मात्र नभई बाल्यकालदेखि नै लाग्ने गरेको बताउँदै बढी मानिसमा नसर्नेरोगले गर्दा मृत्य हुने बताए । डाक्टर बस्नेतले त्यस्ता रोगको लक्ष्यण समेत मानिस आफैले थाहा पाउन सक्नै भन्दै खान पान, व्ययाममा ध्यान दिन र सचेत रहन सबैमा उमेरका मानिसमा अनुरोध गरे । 

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरमा प्रमुख रामचन्द्र पाठकले मकवानपुरमा साउनदेखि सबै स्वास्थ्य संस्थामा पेन प्याकेजको अवधारण सुरु हुने बताउँदै यी रोगका उपचार गाउँ घरमै सर्वसुलभ रुपमा पाउन सकिने भन्दै नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गरे । त्यसैगरी, स्वास्थ्य पत्रकार पदमराज जोशीले स्वास्थ्यका कुरालाई आम जनसमुदायमा पु¥याउन मिडिया र पत्रकारको ठुलो योगदान रहने बताए । 

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका भिमसागर गुरागाई, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य प्रताप बिष्ट लगायतकाले मन्तब्य व्यक्त गरका थिए । भने कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई, कोषाध्यक्ष सुदिप शिवाकोटी लगायत अन्य संचारकर्मीहरुको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ