arrow

६९ जना चेपाङ बिद्यार्थीलाई छात्रवृति

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ असार १ बिहिबार
chepang_village1.jpg

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले चेपाङ विकास कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न क्याम्पस तथा उच्च माविमा अध्ययनरत ६९जना चेपाङ बिद्यार्थीहरुलाई  दुईलाख पचासहजार रुपैंयाको छात्रबृति प्रदान गरेको छ ।  

छात्रबृति रकम पाउनेमा राष्ट्रिय रोटरी उच्च मावि मनहरीका ३२जना महेन्द्र किरण उच्च मावि ज्यामिरेका १४जना, हेटौंडा क्याम्पसका ६जना, निर्मल बहुमुखी क्याम्पस बस्तीपुरका ५जना, भुटनदेवी उच्च माविका ४ जना र कालीकाटार उच्च मावि नामटारका ४ गरी ६९चेपाङ बिद्याथीलाई  छात्राबृति प्रदान गरिएको  चेपाङ विकास कार्यक्रमका सदस्य सचिव राजाराम थापाले बताए । 

कक्षा ११ र १२ मा  विभिन्न संकायमा अध्ययनरत क्रमश  ५० जना र १९ जना चेपाङ बिद्यार्थीलार्इ  जनही पाँच÷पाँचहजारका दरले ९५ हजारको  रकम  सहित वार्षिक छात्रबृति प्रदान गरिएको  सदस्य सचिव  थापाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ