arrow

युनिसेफले छ करोड ६५ लाख खर्च गर्ने

logo
प्रकाशित २०७२ पुष २० सोमबार
images-(3).jpg.jpeg
बैतडी। बैतडीमा चालु आवमा संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले विभिन्न क्षेत्रमा रु छ करोड ६५ लाख ७१ हजार १८० खर्च गर्ने जनाएको छ । सो रकम स्थानीयस्तरको योजना तर्जुमा, एचआइभी एड्स, खानेपानी तथा सरसफाइ, पोषण, बालसंरक्षण, बालमैत्री स्थानीय शासन कार्यक्रममा खर्च गरिने युनिसेफले जनाएको हो । 
 
यस्तै जिल्लाको आपत्कालीन अवस्थामा पूर्वतयारी, मातृ तथा नवशिशु स्याहार कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन, बालबालिका र किशोरकिशोरीको अर्थपूर्ण सहभागिताका क्षेत्रमा बजेट खर्च गरिने युनिसेफका मञ्जु वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो – “जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, स्थानीय गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा कार्यक्रम गरिनेछन् ।” 
 
केही कार्यक्रम केन्द्रबाटै आउने र केही कार्यक्रम जिविसको समन्वयमा सञ्चालन हुने बताइएको छ । अन्य कार्यक्रम पहिलादेखि जिल्लामा सञ्चालनमा रहेको भए पनि बालबालिका र किशोरकिशोरीको अर्थपूर्ण सहभागिताका लागि नयाँ कार्यक्रम सञ्चालन गरिने वाग्लेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ