arrow

आहा रारा गोल्डकपमा १२ टोली

एकजना भाग्यमानी दर्शकले एक तोला सुनको सिक्का र एलजी टेलिभिजन पुरस्कार पाउने

logo
प्रकाशित २०७२ पुष २० सोमबार
images-(4).jpg.jpeg
पोखरा । मोफसलको चर्चित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करणमा सहभागी टोलीको नामकाे सार्वजनिक गरिएको छ। 
 
माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा उपाधिका लागि १२ वटा टोलीको सहभागिता पक्का भएको छ। सहभागी टोलीमा रुस्लान थ्रीस्टार क्लब, नवजागृति युवा क्लब सिमरा, त्रिभुवन आर्मी क्लब, रमपम झापा—११, आयोजक सहारा क्लब रहेका छन्। 
त्यसैगरी मनाङ मस्र्याङदी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा भाग लिनेछन्। प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो।
 
 आहा रारा गोल्ड कप अायाेजकका अनुसार फाइनल खेलको एकजना भाग्यमानी दर्शकले एक तोला सुनको सिक्का र एलजी टेलिभिजन पुरस्कार पाउने जनाएकाे छ । माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिताको फाइनल खेलको भाग्यमानी दर्शकलाई लक्की ड्रमार्फत सुनको सिक्का र टेलिभिजन प्रदान गर्न लागिएको हो। 
 
सुनको सिक्काको प्रायोजन सहारा हङकङ र टेलिभिजनको प्रायोजन सिजी ग्रुपले गरेको छ। प्रत्येक खेलको भाग्यमानी दर्शकलाई पनि माइक्रो म्याक्स मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ। मोफसलको चर्चित गोल्ड कपमा तीन विदेशीसहित वटा १२ टोलीको सहभागिता रहनेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ