arrow

प्राणघातक बन्दै लोकल मदिरा

logo
प्रकाशित २०७२ पुष २० सोमबार
Raksi.jpg.jpeg
गौशाला। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा लोकल मदिरा प्राणघातक बन्दै गएको छ । जलेश्वर नगरपालिका– ४ मा जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएर करिब एक दर्जन अवैध मदिरा सञ्चालन भइरहेका छन् भने वडा नं १, २, ५ र ६ मा पनि दर्जनभन्दा बढी लोकल मदिरा भट्टी सञ्चालनमा रहेको छ । 
 
मल, लागुऔषध, कमसल सक्खर र खराव खाद्य वस्तुको मिश्रणबाट जलेश्वरमा अवैध रुपमा तयार पारिने लोकल मदिराबाट पछिल्लो एक वर्षमा जलेश्वरका सातजनाको ज्यान गइसकेको छ ।गएराति जलेश्वर– ४ मा ५५ वर्षीय महेन्द्र चौधरीको मृत्यु भएको छ । चौधरीले लामो समयदेखि अत्यधिक स्थानीय (लोकल) मदिराको सेवन गरेपछि आफ्नो आन्द्रा, कलेजो र शरीरका विभिन्न अत्यावश्यक अङ्ग खराव बनाइसकेका थिए जसका कारण उनको गएराति मृत्यु भएको निजका आफन्तले बताएका छन् । 
 
यसरी जिल्लाको सदरमुकाममै खुलेआम उत्पादन र बिक्री वितरण गरिने लोकल मदिराले बर्सेनि स्थानीयवासीको ज्यान लिने गरेको र सो क्रम जारी रहेकाले लोकल मदिरा प्राणघातक बन्दै गएको स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासीले जलेश्वरमा अवैध रुपमा सञ्चालित मदिरा भट्टीहरु तत्काल बन्द गराएर सर्वसाधारणको जीवन जोगाइदिन स्थानीय प्रशासन र प्रहरीसँग माग गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ