arrow

बहुविवाह गर्ने जोडीलाई एक वर्ष कैद

logo
प्रकाशित २०७२ पुष २० सोमबार
court-judgement-in-hashimpura-carnage-narsanhar-kand.jpg.jpeg
इलाम । बहुविवाह गरेको आरोपमा छ महिनाअघि पक्राउ परेका एक दम्पतीलाई जिल्ला अदालत, इलामले आइतबार जनही एकवर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको छ । 
 
न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन विवाहबारी महलको ९ नं बमोजिम कसुर पुष्टि गर्दै सोही महलको १० नं बमोजिम साङरुम्वा–९ का रवीन्द्र तामाङ र उनकी कान्छी पत्नी फूलमायालाई जनही एक वर्ष कैद र रु पाँच हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । 
 
तामाङकी जेठी पत्नी श्रीमायाले पतिविरुद्ध गत साउन १८ गते जिप्रकामा जाहेरी दिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ