arrow

कैदीको उपचारका लागि  वार्षिक आठ करोड

logo
प्रकाशित २०७४ असार ४ आइतबार
karagar-660x330.jpg.jpeg

काठमाडौ|  ७४ कारागारका १८ हजार कैदीबन्दीको उपचारका लागि  कारागार व्यवस्थापन विभागले  वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ । 

 हाल देशभरका ७४ कारागारमा रहेका सरदर  १८ हजार  कैदीबन्दी रहेका छन् । कैदीबन्दीको  स्वास्थ्योपचारका लागि वार्षिक आठ करोड रकम खर्च गर्दै आएको हो । विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले सामान्य बिरामीको उपचार सम्बन्धित कारागारभित्रबाट गरिँदै आएको र गम्भीर बिरामीको उपचार व्यवस्था केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलबाट गरिएको जानकारी दिएका छन।

मानसिक बिरामीलाई पाटन र धुलिखेलबाट तथा क्यान्सर बिरामीलाई चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा प्रदान गर्दै आइरह]को छ।विभागले देशभरका ७४ कारागारका बिरामी कैदीबन्दीको उपचारका लागि एक अहेव तथा केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सात चिकित्सकको व्यवस्था गरेको छ । सरकारले कैदीबन्दीको रासन, पानी तथा औषधोपचारका लागि वार्षिक रु ६५ करोड खर्च गर्ने गरेको विभागले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ