arrow

सोलुखुम्बुका दलहरुले नै गरे काँग्रेस नेताको रोचक अपहरण, मनोनयन गर्नै पाएनन्

logo
प्रकाशित २०७४ असार ४ आइतबार
nechasalyan_gaupalika_map.png

काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका दाबेदारलाई अनौठो तरिकाले अपहरण गरिएको छ । वडा ६ का बडा अध्यक्षका उम्मेदबार टंक बहादुर कार्कीलाई तिङलाको वासिगाँउ भन्ने ठाँउबाट उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा काँग्रेस, एमाले र माओवादी लगायतका कार्यकर्ताले अपहरण गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

कार्यालयका डिएसपी माधव गुरागाईँका अनुसार त्यो गाउँपालिकाको वडा नं ६ मा सिमांकनको विषयमा विगत छ महिनादेखि आन्दोलन चलिरहेको छ । सोही आन्दोलनको सुनुवाई नभएसम्म सो गाउँपालिकाका कुनैपनि उम्मेदवारहरुले मनोनयन नदिने निर्णयमा पुगेका थिए । अहिले अरु कुनै दलले पनि उम्मेदवारी नदिने भनेर कसैले पनि उम्मेदवारी दिएका छैनन् ।

गाउँपालिकाको सबै राजनीतिक दलहरु मनोनयन नदिने पक्षमा रहिरहेको बेला संखुवासभाका सांसद् बलबहादुर केसीको पहलमा कार्कीले उम्मेदवारी दिन लागेपछि संघर्ष समितिका सदस्यहरुले उनलाई निणन्त्रणमा लिएको डिएसपी गुरागाईँले बताए । संघर्षसमितिले नै निणन्त्रणमा लिएको र उनी सुरक्षित रहेकोले प्रहरीले उनको खोजी नगरेको बताए ।  अहिले उनी स‌ंघर्ष समितिको नियन्त्रणमा छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ