arrow

सोलुखुम्बुमा सत्तापक्षबाटै चुनाव बहिस्कार ! काँग्रेस उम्मेदवारी दिन जाँदा एमालेले रोक्यो 

logo
प्रकाशित २०७४ असार ४ आइतबार
Nechasalyan_Gaunpalika.png

काठमाडौं । तराईका जिल्लाहरुमा राष्ट्रिय जनता पार्टीले चुनाव बहिस्कार गरिरहेको बेलामा हिमाली जिल्ला सोलुखुम्बुमा भने सत्ता पक्षबाटै चुनाव बहिस्कार गरिएको छ । जिल्लाको नेचासल्यान गाउँपालिकाको वडा नं ६ को कुनैपनि पदमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । अन्य वडाहरुमा भने उत्साहजनक रुपमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस अघि सरकारले गरेको गाउँपालिकाको सिमांकनको विषयमा असहमति जनाउँदै गठन गरेको संघर्ष समितिले स्थानीय तहको निर्वाचनमा सहभागिता नजनाउने भनेर निर्णय गरेको थियो । तर, अन्तिम समयमा आएर नेपाली काँग्रेसलाई जानकारी नै नदिई एमालेले उम्मेदवारी दिने तयारी गरेपछि काँग्रेसबाट पनि टंक बहादुर कार्कीले उम्मेदवारी दिन तयार भएका थिए । 

तर, उनीहरु जान खोज्दा एमालेले बाटोमा नै उम्मेदवारी आफूहरु पनि नदिने भन्दै कार्कीलाई पनि फर्किन आग्रह गरेका थिए । तर, त्यसैको केही पर बसिरहेका माओवादीका तत्कालीन गाविस अध्यक्ष रामबखत राईको नेतृत्वमा रहेको एमाले कार्यकर्ता सहितको टोलीले उनलाई नियन्त्रणमा लिएर गएको थियो । अपराह्न ४ बजेसम्म सो वडाको लागि कसैको पनि उम्मेदवारी नपरेको पन्तले जानकारी दिए । अहिले काँग्रेसले निर्वाचन अधिकृतसमक्ष आफ्ना उम्मेदवार अपहरणमा परेको जनाएको पनि पन्तले जानकारी दिए । 

काँग्रेसले अहिले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा पनि शरीर बन्धकको मुद्दा दर्ता गराएको जनाएको छ । सोही घटनामा सांसद् बलबहादुर केसीमाथि पनि हातपात प्रयास भएको काँग्रेस सोलुखुम्बुले जनाएको छ । 

उता, एमालेले भने आफूहरुले कसैलाई उम्मेदवारी दिन नरोकेको दाबी गरेको छ । हाम्राकुरासँग कुराकानी गर्दै नेचासल्यान गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार कुमार बास्तोलाले एमालेले कसैलाई अपहरण नगरेको स्पष्ट पारे । उनले वडा नं ६ मा सबै पार्टीबीच सहमती भएर नै कसैले उम्मेदवारी नदिने सहमती भएकोभन्दै एमालेले पनि सोही सहमती अनुरुप उम्मेदवारी नदिने पक्षमा आफूहरु रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ