arrow

चेल्सी लयमा फर्कदै, क्रिष्टलको पोष्टमा ३ गोल

logo
प्रकाशित २०७२ पुष २० सोमबार
Chelse.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । चेल्सीले आइतबार राति क्रिष्टल प्यालेसलाई उसैको घरेलु मैदानमा ३–० ले हरायो । संकटग्रस्त चेल्सीलाई विजयी गराउन ओस्कार, विलियन र डिएगो कोष्टाले एक–एक गोल गरे ।
यो जितसंगै चेल्सी लिगको अंक तालिकामा १४ औं स्थानमा उक्लिएको छ । चेल्सीको अब २० खेलबाट २३ अंक भएको छ ।
 
यसअघि १५औं स्थानमा रहेको चेल्सी लयमा फर्किएको छ । पराजित क्रिष्टल प्यालेस सातौं स्थानमा झरेको छ । लिगको अर्को खेलमा एभर्टन र टोटनह्याम हट्सपर १–१ को बराबरीमा रोकिए । एभर्टनका लागि पहिलो हाफको २२औ मिनेटमा आयरन लेननले गोल गरे । यस्तै, पहिलो हाफको अन्तिम समय अर्थात ४५ औं मिनेटमा टोटनह्यामका डेल अलीले जवाफी गोल फर्काए । 
 
लिगमा २० चरणका खेलहरु सकिँदा सम्म ४२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । समान खेलबाट ४० बटुलेको लेस्टर सिटी दोस्रो स्थानमा छ । सुरुवातमा अग्रता लिएको म्यान्चेस्टर सिटी ३९ अंकसहित तेस्रो स्थानमा छ । ३३ अंक जोडेको म्यान्चेस्टर युनाइटेड भने पाँचौ स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ