arrow

भारतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ पुग्यो, सय बढी घाइते

नेपालमा झट्का मात्रै

logo
प्रकाशित २०७२ पुष २० सोमबार
12400830_968481323244697_8778173035235297825_n.jpg.jpeg
संजिब दाहाल,काठमाडौं । भारतको पूर्वोउत्तर मणिपुर इम्फालकेा मैनपुरलाई केन्द्रविन्द्र बनाएर गएको भूकम्प परी ८ को मृत्यू भएको छ, भने एक सय बढी घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकन जियोलोजिकल सर्भे युएसजीएसका अनुसार बिहान ४ बजेर ५१ मिनेटमा मणिपुरबाट २९ किलोमिटर पश्चिम केन्द्रविन्द्र भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । 
 
भूकम्पले घरहरु भत्किएका छन्। भूकम्पपछि अस्पतालबाट बिरामीहरुलाई बाहिर निकालिएको थियो भने मानिसहरु घर छाडेर खुला ठाउँमा पुगेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वेत्तर भारतको आसाम, अरुणाचलप्रदेश, मेधालय, सिलगडी, कुचबिहार, जलपागुडी कोलकोत्ता र भूटामा लगायत विभिन्न स्थानमा भूकम्पले क्षेती पुयाएकेा छ । भुकम्पको केन्दूविन्द्र भएको स्थानमा विजुली, टेलिफोन तथा यातायातको सम्पर्क विछेद भएकाले जनाएका छन् ।
 
भूकम्पलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै स्थितिबारे जानकारी गराएका छन्। उनले असमका मुख्यमन्त्री तरुण गोगोई तथा असम नै पुगेका गृहममन्त्री राजनाथ सिंहसँग स्थितिबारे छलफल भएको जनाएका छन्।
 
झापासहित पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, मोरङ, सुनसरीमासमेत भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौंमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।यद्दपी नेपालमा भूकम्पका धक्काको महशुस भएपनि मानविय क्षेती केही नभएको गृह मन्त्रालयले जनाएको छ ।
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ