arrow

फ्रान्सका राष्ट्रपति माक्रोंको दललाई स्पष्ट बहुमत

logo
प्रकाशित २०७४ असार ५ सोमबार
french-president-macron.jpg

पेरिस । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंको दलले संसदीय चुनावमा स्पष्ट बहुमत हासिल गरेको छ । 

माक्रों निर्वाचित भएको केही हप्तापछि नै उनको मध्यपन्थी ला रिप्युब्लिक आँ मार्श तीन सयभन्दा बढी सीट जित्ने गरी अघि बढिरहेको हो ।

चुनावमा मतदाता सहभागिता अहिलेसम्मकै न्यून अर्थात् ४० प्रतिशत रहेको थियो ।

योसंगै माक्रोंसँग अब आफ्ना सुधारका योजना लागू गर्न आवश्यक समर्थन संसद्‍मा हुनेछ । 

केही युनियन नेताहरुले भने त्यसविरुद्ध लड्न आफूहरु तयार रहेको बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ