arrow

छिन–छिनमा यसरी पड्किन्छन् विद्युतिय ट्रान्सफर्मर (भिडियो हेर्नुस्)

logo
प्रकाशित २०७२ पुष २० सोमबार
Tarnsfarmar.jpg.jpeg
काठमाडौं । मधेस आन्दोलन र नाका अवरोधले सिर्जना भएको इन्धन अभावले विद्युतिय साम्रगीको प्रयोग बढेपछि विद्युतभार थेग्न नसकेर उपत्यकाको विभिन्न स्थानमा विद्युतिय ट्रान्र्सफर्मर जलेका छन् । विद्युतभार थेक्न नसकेर दैनिक १० बढी ट्रान्सफर्मर जल्ने गरेका विद्युत प्राधिकरणले बताउँदै आएको छ । 
 
इन्धन अभावको मारमा परेका उपभोक्ताले बढ्दो लोडसेडिङकै कारण सरकारले भनेको आलोपालो प्रणाली अपनाउन सक्दैनन् । सरकारले आलोपालो गरी विद्युतीय सामग्रीको प्रयोग गरी विद्युत भार कम गर्न प्रचार गरिरहेको छ । इन्धन अभावले घरव्यवहार चलाउन हम्मे हम्मे परेका बेला उपभोक्ताहरु छोटो अवधिका लागि आउने विद्युत खपतमा अनुकुलन हुन नसक्ने बताउँछन् । 
 
विद्युत प्राधिकरणको ट्रान्सफर्मर टेण्डर प्रकरणपछी उपत्यकाबाट कमसल खालका विद्युतिय सामग्री हटाएको भनेको प्राधिकरणलाई अहिले ट्रान्सफर्मर मर्मत तथा फेरबदल गर्न भ्याई नभ्याई छ । ट्रान्सफर्मर जल्ने र फड्कीने समस्याले राजधानीका कयौं बस्ती अन्धकार भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ