arrow

कार्यदलको प्रस्तावपछी मोर्चामा लफडा, सल्लाह गरेर......... :रक्षामन्त्री

चार जनाकै नाम पठाउँछौँ : राय, चार हुँदैन दुई जना पठाउनु पर्दछ : सुमन

logo
प्रकाशित २०७२ पुष २० सोमबार
morcha-.jpg.jpeg
काठमाडौं । तीनदल, सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आइतबार भएको वार्ता निष्कर्षविहिन भएपछि मोर्चामा अन्योल सिर्जना भएको छ । सरकारले वार्तामा प्रस्ताव गरेको कार्यदलमा कति सदस्य पठाउने भन्नेमा मोर्चाका घटकहरुले फरक–फरक मत राखेका छन् । सरकारले एक जना सदस्यको नाम राख्न भनेपछी वार्तामा सहभागि मोर्चानेताहरुले बालुवाटारमा सल्लाह गरेर आउने बताएका थिए । 
 
तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता एवं वार्ता टोली सदस्य रामनरेश रायले मोर्चामा चार पार्टी रहेकाले कार्यदलमा नाम पठाउँदा चार जनाको नाम पठाउने बताएका छन् ।राजधानीमा आयोजित साक्षात्कारमा रायले भने,‘सरकारले मागेजस्तो एक जनाको मात्र नाम पठाउँदैनौँ ।’ मङ्गलबार ११ बजेसम्म छलफल गरी नाम पठाउने नपठाउनेबारे मोर्चाले निर्णय गर्ने रायको भनाई छ ।
 
आइतबारको वार्तामा सहभागि भएका रायले सरकार वार्ताबाट भाग्न खोजेको आरोप लगाए । ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै नाका आन्दोलन पनि जारी रहने रायको भनाई छ । ४ जना होइन २ जना पठाउनु पर्दछ मोर्चा सहमत भए हामी पनि कार्यदलमा सहभागि हुन्छौं । कार्यदलमा जाने सदस्य चार होइन २ जना हुनु पर्दछ । सद्भावना पार्टीका महासचिव मनीष कुमार सुमनले हाम्रा कुरासंग भने,‘ मोर्चाले छलफल गरेर २ जना जाने टुंगो लगाउनु पर्दछ ।’ मोर्चा सहमत भए हाम्रो विमत्ति छैन । सुमनले मोर्चाको अनुभव र आचारसंहिताअनुसार आफ्नो पार्टीले अलग आन्दोलन गरेको र मोर्चा नफुट्ने जिकिर गरे । 
 
सल्लाह गरेर आउन्
उपप्रधान तथा रक्षामन्त्री भिम रावलले आफुहरुले कार्यदलमा बस्न भन्दा मोर्चाका नेताहरुले सल्लाह गरेर आउने भनेपछी आइतबारको वार्ता निष्कर्षमा नपुगेको बताएका छन् । हाम्रा कुरासंग मन्त्री रावलले भने,‘हाम्रो तर्फबाट नाम आइसकेको थियो, उहाँहरुलाई एक जना बस्नुस् भन्दा सल्लाह गरेर आउँछौ भनेपछी बैठक सकियो ।’ उहाँहरु सल्ला गरेर आए वार्ता हुन्छ । समस्या समाधान कार्यदलबाटै हुन्छ । 
 
कार्यदलमा को–को छन् ? 
महेश आचार्य : नेपाली कांग्रेस 
भिम रावल    : नेकपा एमाले 
कृष्ण महरा    : एकिकृत माओवादी 
                  : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ