arrow

यस्तो छ सिंगो नेपालगञ्जले भरोसा गरेका मेयर उम्मेदवार कनोडियाको जीवन स‌ंघर्ष

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
dr.kanodia_.JPG

ललितपुर। दोस्रो संविधानसभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट समानुपातिकको सूचीमा रहेका डा. सुरेशकुमार कनोडियालाई नेपाली कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा उम्मेद्वार बनाएको छ ।

झण्डै २३ बर्षदेखि नेपालगञ्जलाई कर्मथलो बनाएर त्यसभेगका नागरिकहरुको स्वास्थोपचार र नेपालगञ्जको आर्थिक,सामाजिक तथा शैक्षिक विकासमा योगदान गर्दै आएएका डा.कनोडियाको उम्मेद्वारीले नगरवासीमा ठूलो आशा र विश्वास पलाएको छ ।

कपिलबस्तुको कृष्णनगरमा २२ अक्टुबर १९५२ सालमा बुवा ओमप्रकाश कनोडिया र आमा सावित्री कनोडियाको माइलो सन्तानको रुपमा जन्मिएका सुरेशकुमारले चिकित्सक भएपछि आफ्नो ज्ञान,सीप,अनुभव,रगत र पसिना सबै नेपालगञ्जवासीको भलाईका लागि खर्चिएका छन् । ।  मस्कोको पिपल्स फ्रेण्डसीप विश्वविद्यालयबाट सल्यचिकित्सामा विशेषज्ञता हासिल गरेपछि नेपाल फर्किएका कनोडियाले विक्रम संवत् २०४० सालमा वीर अस्पतालमा ९ महिना जति काम गरेपछि उनको कर्मथलो बन्यो नेपालगञ्ज । उनले नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा २०५४ सालसम्म (करिब १४ बर्ष) काम गरे।

भेरी अञ्चल अस्पतालमा काम गर्दा मध्य र सुदूरपश्चिम क्षेत्रको कहाली लाग्दो स्वास्थ्य अवस्था बुझ्ने मौका पाएका डा. कनोडियालाई यस क्षेत्रका नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उपायका बारेमा चिन्तित एक संयोग जुर्‍यो । चिसापानीमा स्थापना भैरहेको डी वाई पाटिल मेडिकल कलेज बन्द हुने अवस्थामा पुगेको रहेछ । त्यस क्षेत्रका तात्कालीन राजनीतिक हस्ति सुशील कोइराला, खुमबहादुर खड्का लगायतका नेताहरुले पूर्वाधार बनिसकेको सो अस्पताल सञ्चालनको जिम्मा लिन आग्रह गरेपछि उनले त्यसबाट स्थानीय नागरिक,मध्य तथा सुदूर पश्चिमका बासिन्दाको स्वास्थ्योपचार र योग्य जनशक्ति उत्पादनमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याउन सकिने योगदानको आँकलन गरे। अनि आफ्ना शुभचिन्तक र सहयोगीहरुको साथमा सन् १९९६ को मार्च अर्थात बि.सं. २०५३ फागुनमा डिवाई पाटिलसँग सम्झौता गरी २०५४ साउन १ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड दर्ता गरे। सन् १९९७ अर्थात २०५४ सालबाट नेपालगन्ज मेडिकल कलेज संचालनमा आयो । निजी क्षेत्रबाट संचालनमा आएको सुविधा सम्पन्न मेडिकल कलेजबाट सेवाप्रवाह हुन थालेपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका नागरिकले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता धेरै हदसम्म टरेको छ ।

डा. कनोडियाले यस कलेज सञ्चालनको जिम्मेवारी लिएपछि यसले यस क्षेत्रमा स्वास्थ्योपचारमा मात्र सहयोग पुर्‍याएको छैन, नेपालीहरुको डाक्टर र नर्स बन्ने चाहना पनि पूरा गरेको छ । उनकै अग्रसरतामा सञ्चालित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोम नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज चिसापानीमा इच्छुक छात्रछाज्ञाले शिक्षा पाएका छन् र यसले स्थानीय तहमा रोजगारी समेत प्रदान गरिरहेको छ ।
 
पहिलो ब्याजमा ७५ जना चिकित्सक उत्पादन गरेको नेपालगन्ज मेडिकल कलेजले हाल सम्म १७ सय डाक्टर, ४ सयभन्दा बढी नर्स उत्पादन गरिसकेको छ । नेपालगञ्ज मेडिकल कलेजले नै उत्पादन गरेका अधिकांश चिकित्सक र नर्सले मेडिकल कलेजमा रोजगारी पाइरहेका छन् । यहाँ अध्ययन गरेका कयौं विद्यार्थीहरु हाल अमेरिका, युरोप, अष्ट्रेलिया, जापान लगायतका देशहरुमा पुगेर स्वास्थ्य क्षेत्रमा आफुलाई स्थापित गरिसकेका छन् । नेपालमा मनग्य रिमेट्यान्स पठाइरहेका छन् । नेपालगञ्ज मेडिकल कलेजले नै अहिले  डक्टर, नर्स र अन्य समूह गरि १४ सय जनालाई रोजगारी दिइरहेको छ ।

शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका डा. कनोडियाले दूरदराजका विपन्न वर्गका विरामीहरुको सेवामा पनि उत्तिकै ध्यान पुर्‍याउएका छन्।  आङ खस्ने समस्याबाट पीडित मध्य र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका महिलाहरुका लागि उनले १८ वर्षदेखि अभियानै संचालन गरेका छन् ।  त्यस्तै महामारी फैलिएका क्षेत्रमा विशेषज्ञ चिकित्सकहरुको टोली र औषधीको व्यवस्था गर्नेदेखि आवश्यक ठाउँहरुमा निशुल्क स्वास्थ्य शिविरहरु संचालन गरेर यस क्षेत्रका नागरिकहरुको स्वास्थ्योपचारमा उनले निकै ध्यान दिएका छन् । उनले जटिल प्रकारको क्यान्सरको पनि यहीँ नै उपचार गर्ने व्यवस्थाको तयारीमा छन् ।

नेपालगन्ज मेडिकल कलेजले ०६७ र २०६८ मा शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा पनि प्रधानमन्त्रीबाट सम्मान पाएको थियो । डा. कनोडियाले स्वास्थ्य शिक्षाको क्षेत्रमा विशेष योगदान गरेवापत् २०६७ साल जेठ १५ गते राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री तृतीय प्राप्त गरेका थिए । उनि व्यवसायिक क्षेत्रको नेतृत्वमा पनि निरन्तर रहदै आएको  छ । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बाँके जिल्ला सरकारी कर्मचारी संगठनको प्रथम अध्यक्ष, नेपाल मेडिकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष ९२०४८ – २०५००, नेपाल मेडिकल एशोसिएशन भेरी शाखाको अध्यक्ष ९०६८–०७०० र एशोसिएशन अफ प्राईभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका संस्थापक अध्यक्ष ९०६५–०७१० रहेर उनले सामाजिक क्षेत्रमा पनि पर्याप्त योगदान गरिसकेका छन् ।
 
प्रवेशिका परीक्षामा अनिवार्य अंग्रेजीमा एकपटक अनुर्तिण हुनुभएका डा. कानोडियाले त्यसपछि असफलतालाई सफलताको प्रेरक मानेर यति मिहेनत गरे कि सन् १९६७ मा काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलकै टपर भएपछि उनले कहिल्यै दोस्रो हुनुपरेन । सात वर्षको उमेरमा कपिलबस्तुकै स्थानीय विद्यालयमा एकैपटक चार कक्षामा भर्ना भएका डा. कानोडियालाई  परिवारका सदस्यहरुले नै सानैदेखि ‘डाक्टर बाबु’ भनेर बोलाउँथे । भविष्यमा डाक्टर बनेर विरामीको उपचार गरेको सपना देख्ने डा। कनोडिया त्रिचन्द्र कलेजका आइएससी टपर पनि हुन् ।

सन् १९७२ मा रुसको मस्कोस्थित पिपल्स फ्रेण्डशिप युनिभर्सिटीमा छात्रवृत्तिमा पढ्ने अवसर पाएका कनोडियाले ११ वर्षको निरन्तर अध्ययन पछि सर्जरीमा विज्ञता प्राप्त गरे  ।उनलाई घाना, केन्या लगायतका देशबाट कामको प्रस्ताव  नआएको होईन तर उनले आफ्नै देशका जनताको सेवा गर्ने धोको पूरा गर्न नेपाल फर्कने निर्णय लिएका थिए ।

डा.कनोडियाको नेपालगञ्ज सपना
स्वास्थ्य र सामाजिक क्षेत्रबाट नेपालगञ्जबासीको सेवा गरिरहेका डा. कनोडिया आफ्नो ज्ञान,सीप,क्षमता,दक्षता र स्वदेश तथा विदेश भ्रमणमा देखे तथा सिकेका अनुभवहरुलाई उपयोग गरेर नेपालगञ्जको भौतिक र आर्थिक विकासमा लगाउन चाहना राखेका छन् ।  “नगरको समग्र विकासका लागि राजनीतिमा लागेको हुँ,” डा. कनोडिया भन्छन् ,“ राजनीति समग्र नीतिको माउ भएकोले यसमा संलग्न हुन जरुरी रहेछ।”उनले आफ्नो चुनावी घोषणा पत्रमा आगामी पाँच बर्षमा गरिने कामको फेहरिस्त पनि तयार गरेका छन् ।  जसमा नेपालगञ्ज नगरपालिकालाई आधुनिक प्रविधियुक्त पूर्वाधार तयार पारी यस नगरको विकास गर्ने र यसलाई सुन्दर,शान्त,समृद्ध शहरमा रुपान्तरण गर्ने योजना र कार्यक्रमहरु समावेश गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ