arrow

अज्ञात समूहको गोली लागेका प्रहरी सहायक निरिक्षक सुब्बाको मृत्यु

logo
प्रकाशित २०७२ पुष २० सोमबार
saptari-map.jpg.jpeg.jpeg
सप्तरी । सप्तरीको वननियास्थित प्रहरी चौकीमा अज्ञात समूहले गरेको आक्रमणमा गोली लागेका प्रहरी सहायक निरिक्षक रमेश सुब्बाको मृत्यु भएको छ ।  अज्ञात बन्दुकधारीले प्रहार गरेको गोली लागेर प्रहरी सहायक निरिक्षक सुब्बा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । सुब्बाको छाति र पीठ्यूमा गोली लागेको थियो । आक्रमणकारीको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । भारतीय सीमाबाट आठ किलोमिटर मात्र उत्तरमा वननियामा प्रहरीले कडाई गरेको छ । सप्तरीको सुरक्षा व्यवस्था कडा पार्नुका साथै नाकाहरुमा निकै कडाई गरिएको छ । प्रहरी चौकिमा सोमबार साँझ खाना खाइरहेको समयमा आक्रमण भएको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ