arrow

बंगबन्धु गोल्डकपमा सहभागि हुने टोली घोषणा, नयाँ परे, पुराना परेनन्

आफूले दिएको सूची विपरित टोली घोषणा भएकामा प्रशिक्षक प्याट्रिक फन्किए

logo
प्रकाशित २०७२ पुष २० सोमबार
Nepali-teem.jpg.jpeg
काठमाडौं । बंगलादेशमा आगामी शुक्रबारदेखि हुने बंगबन्धु गोल्डकप फुटबलका लागि अखिल नेपाल फुटबलसंघ एन्फाले नेपाली टोलीको घोषणा गरेको छ । बंगलादेश जाने टोलीमा फरवार्ड विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामा छन् । गोलकिपर एलन न्यौपाने, अमृत चौधरी र बिकेश कुथु तथा डिफेन्डर आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, मानबहादुर तामाङ र रविन श्रेष्ठ छन् ।
 
त्यस्तै, मिडफिल्डरमा अन्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, जंगबु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल र तेज तामाङ छन् । आफूले दिएको सूची विपरित बंगबन्धु कपका लागि नेपाली टोलीको घोषणा भएको भन्दै प्रशिक्षक प्याट्रिक असम्सले अखिल नेपाल फुटबल संघ एन्फासग रोष प्रकट गर्दै विज्ञप्ति निकालेका छन् । विज्ञप्ती आएपछी उनी फ्रान्सबाट नेपाल नफर्किने धेरैको अड्कल छ । 
 
बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाली टिम बंगलादेश जाने बताइएको छ । मुख्य प्रशिक्षक प्याट्रिक असेम्स श्रीमती बिरामी भएका कारण फ्रान्स गएकाले उनी शुक्रबार नेपाल फर्किने कार्यक्रम थियो । उनले सिफारिस गरेका ब्यक्तिहरु टिममा नपरेपछि आश्चर्य व्यक्त उनले नेपाल नआउने आशय दिएका छन् । बंगबन्धु कपमा नेपालको समूहमा आयोजक बंगलादेश, मलेसिया र श्रीलंका छन् । टोलीमा अनिल गुरुङ, किरण चेम्जोङलगायतका खेलाडी भने परेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ