arrow

उपेन्द्र नहुँदा मोर्चा अनिर्णित

logo
प्रकाशित २०७२ पुष २० सोमबार
upendra-yadav-600x0.jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सोमबार बसेको बैठक अनिर्णित भएको छ । बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकमा अनौपचारिक छलफल भएपनि निर्णय भएन । मोर्चाको एक घटक सदभावना पार्टी बैठकमा गएन । सद्भावना बैठकमा उपस्थित नभएपनि कुनै विमत्ति नरहेको तराई मधेस लोकतान्त्रिक पार्टीका नेता वृशेषचन्द्र लालले बताए । संगै अघि बढ्ने सहमति भएकाले सद्भावना नभाग्ने उनको भनाई छ । आफुहरुको पूर्व सहमति अनुसारनै सद्भावनाले छुट्टै कार्यक्रम घोषणा गरेको उनको भनाई छ । 
 
आइतबार सरकार र तीन दलसँग भएको वार्तामा तीन दलले कार्यदल बनाएर विवाद टुंग्याउने प्रस्ताव अघि सारेपछि मोर्चाले कार्यदलमा सदस्य पठाउने नपठाउनेबारे छलफल गर्न खोजेको थियो । बीरगञ्ज पुगेका फोरम अध्यक्ष उपेन्द्र यादवसँग सम्पर्क हुन नसकेकाले तत्काल निर्णय नभएको तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेस राय यादवले बताए । उपेन्द्र यादवको फोन दिनभर अफ थियो ।  बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय सदभावना पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश राय यादव सहभागी छन् । बैठक मंगलबार फेरि बस्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ