arrow

अज्ञात समूहको गोली प्रहारबाट असईको मृत्यु, गस्तीमा निस्केको समयमा आक्रमण

logo
प्रकाशित २०७२ पुष २० सोमबार
saptari-map.jpg.jpeg.jpeg
संजीव बिक्रम शाह, सप्तरी । अज्ञात समूहले गरेको गोली प्रहारबाट सप्तरीमा एक जना प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । जिल्लाको झुटकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका झापाको भद्रपुर नगरपालिका–१० बस्ने ३५ बर्षिय असई रमेश सुब्बालाई सोमबार साँझ ६ बजे गोली प्रहार भएको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले बताए । गस्तीमा निस्केको समयमा प्रहरी चौकी नजिकै उनीमाथि नचिनेको व्यक्तिले गोली प्रहार गरेको एसपी ढकालले जानकारी दिए । 
 
छातीमा गोली लागेका सुब्बालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घट्नाबारे थप अनुसन्धान भइरहेको र चारैतिर प्रहरी खटाएर गोली प्रहार गर्नेहरुको तीब्र खोजी भइरहेको एसपी ढकालले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ