arrow

‘डिआईजीकी छोरी’र‘चिकित्सक’भन्दै पोखरा काठमाडौं लगाएत भारतसम्म ठगी

logo
प्रकाशित २०७२ पुष २० सोमबार
thumb_20160104055138_Bhagwoti.jpg.jpeg
संजिब दाहाल काठमाडौं । कहिले डाक्टर त कहिले सुरक्षाकर्मीको आफन्त भनेर तपाइलार्इ कसैले त झुक्याइ रहेको त याद गर्नुस् फेरी ठगीमा पर्नुहोला कतै ।यस्तै गरेर ठगी गर्ने गरेकी एक युवती प्रहरीको फन्दामा परेकी छिन् ।कतै‘डिआईजीकी छोरी’ त कतै‘चिकित्सक’का रुपमा पोखरा काठमाडौं लगाएत भारतमा समेत विभिन्न परिचय दिएर धेरै व्यक्तिलाई ठगेको आरोपमा गुल्मी हस्तीचौर-९ की २३ वर्षिय भगवती केसीलाई पक्राउ गरेको छ । 
 
विभिन्न ठगीका घट्नामा स‌ंलग्नता भएको आरोपमा अपराध अनुसन्धान महाशाखा टोलीले आईतबार केसीलाइ सिनामंगलबाट पक्राउ गरेको हो । आफूलाई डा. सुहाना  अदिति  दृष्टि केसीको नामले परिचय दिने गरेकी थिइृन्न ।पछिल्ला केही समय पोखराका विभिन्न स्थानमा डा. सुहानाको नाममा  केही अस्पतालमा चिकित्सकका रुपमा ‘काम गरेर’ पछि शंका भएपछि त्यहाँबाट भागेर पुनःकाठमाडौंमा फर्केको प्रहरीले जनाएको छ । 
 
विभिन्न नाममा परिचय दिँदै उनले उपत्यकामा समेत विरामीको उपचार र अस्पतालमा कार्यरत चिकित्सकसँग विहे गर्ने अश्वासन बाँड्दै आएकी प्रहरीले बताएको छ । उनले कतै डिआईजीकी छोरी र कतै चिकित्सकको परिचय दिने गरेको पनि प्रहरीले बताएको छ । कहिले डाक्टर त कहिले सुरक्षाकर्मीको आफन्त भनेर तपाइलार्इ कसैले त झुक्याइ रहेको त याद गर्नुस् फेरी ठगीमा पर्नुहोला धन्दाका लागि प्रयोग हुँदै आएको छ । प्रकृतिले दिएको सुन्दर रुपलाई यिनले गलत काममा लगाएपछि अन्ततः प्रहरीको जालमा पर्न सफल भएकी छिन् ।
 
पोखरा काठमाडौं मात्रै होइन केही पुरुषलाई यिनले भारतसम्म ठग्न भ्याइसकेकी थिइन् उनले । ठूला व्यापारीदेखि कलाकारसम्मलाई आफ्नो ठगीको जालमा पार्दै आएकी अन्तमा आफैं प्रहरीको जालमा परिन् । केसीले विभिन्न होटलमा गएर खाने र डीआईजी सनत केसीकी छोरी हुँ भन्दै पैसा नतिर्ने गरेको पाइएको छ । गत वर्ष पोखराको एक पत्रिकामा डाक्टरलाई ठगेको समाचार छापिएपछि उनी काठमाडौं आएकी र राजधानीमा ठगी गर्ने गरेको पाइएको अपराध महाशाखाले जनाएको छ ।
 
केसीले ठगीका लागि ९ वटा मोबाइल नम्बर प्रयोग गर्ने गरेको भेटिएको छ । अनुसन्धानका क्रममा डाक्टर हुँ भन्दै वैबाहिक सम्वन्ध राख्न खोज्दा एकजना पुरुषसँग विवाद भएको र यी युवती ०७१ साल असोज २६ गते सातदोबाटो प्रहरी हिरासतमा एक रात बसेको समेत खुलेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरसँग भने- ‘यिनी ठूलै ठग रहिछन्, धेरै मानिसलाई ठग्लै हिँडेको पाइएपछि पक्राउ गरिएको हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ